
रत्ननगर । चितवनका चार जना खेलाडी काठमाडौंमा हुने खुकुरी नेपाल सुपर लिग फुटबल प्रतियोगिताको लागि छनौट भएका छन् । रत्ननगर वडा नं ६ का अमृत श्रेष्ठ, वडा नं ७ का सुरेश कुमाल, कालिकाका प्रदिप भण्डारी र भरतपुरका राजेश परियार राष्ट्रिय स्तरको सो लिगमा प्रतिस्पर्धाको लागि छनौट भएको सौराहा युवा समाजका अध्यक्ष रणबहादुर घलेले जानकारी दिए । कुमाल धनगढी फुटवल क्लवबाट र श्रेष्ठ, भण्डारी र परियार चितवन फुटबल क्लवबाट खेल खेल्ने छन् । कुमाल र श्रेष्ठ सौराहा युवा समाजका सदस्यहरु हुन । सो प्रतियोगिता मंसिर ८ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । युवा समाजका अध्यक्ष घलेले लामो समयको प्रयासपछि चितवनका चार जना खेलाडीलाई राष्ट्रिय स्तरको लिग खेल्ने अबसर प्राप्त भएको बताए ।