कांग्रेस चितवन क्षेत्र नं १ काे क्षेत्रीय सम्मेलन असाेज १९ गते हुने 

रत्ननगर । नेपाली काँग्रेस चितवन क्षेत्र नं १ काे क्षेत्रीय सम्मेलन असाेज १९ गते रतननगरमा हुने भएकाे छ । क्षेत्रीय समितिले आज बुधवार खैरहनीका पत्रकार सम्मेलनकाे आयाेजना गरि सम्मेलनकाे तयारीका बारेमा जानकारी दिएकाे हाे । हाेटल स्टार चितवन निपनीमा हुने साे सम्मेलनकाे कांग्रेस प्रबक्ता एवम् सरकारका अर्थमन्त्री प्रकासशरण महतले विहान ११ बजे उद्घाटन गर्ने क्षेत्रीय सभापति किरण भूषण सिंह ओलीले जानकारी दिए । साेही दिन संविधान सभा सदस्य सावित्रीदेवी चाैधरीले प्रदान गरेकाे जग्गामा क्षेत्रीय पार्टी कार्यालयकाे निर्माण प्रारम्भ गर्ने कार्यक्रम रहेकाे उनले जानकारी दिए । भवन निर्माणका लागि क्षेत्रीय सचिव उमेश गिरीलाई निर्माण समितिकाे संयाेजक र अर्का सचिव दीपकराज पाैडेललाई आर्थिक समितिकाे संयाेजककाे जिम्मेवारी दिइएकाे छ । पार्टीका नेता तथा कार्यकर्ताहरुबाट आर्थिक संकलन गरि पार्टी कार्यालय भवन निर्माण गर्ने लक्षय लिएकाे छ । हाम्राे पार्टी कार्यालय हामी आफै बनाउछाैं क्षेत्रीय अध्यक्ष ओलीले भने प्याराे पार्टीकाे भवन बनाउन नेता तथा कार्यकर्ताहरु सहयाेग गर्न आतुर हुनुहुन्छ । सम्मेलनमा विगतमा पार्टी निर्माणमा गरिएका कामहरुकाे समीक्षा गर्दै भावि याेजना निर्माण गर्ने कार्यक्रम रहेकाे क्षेत्रीय अध्यक्ष ओलीले बताए । स्थानीय सरकारलाई समग्र निर्माणकाे विषयमा निर्देशन तथा भुमिहिनलाई लालपूर्जा वितरणकाे लागि सम्मेलनले सरकारकाे ध्यानकर्षण समेत गराउने जनाइएकाे छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker