लगानी सही ठाउँमा नहुँदा आर्थिक संकट : अर्थमन्त्री

रत्ननगर । नेपाली कांग्रेसका प्रबक्ता तथा अर्थमन्त्री डा.प्रकास शरण महतले अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण मुलुक आर्थिक संकटमा फसेको बताएका छन् ।

नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लगानी ठिक ठाउँमा नहुँदा अहिले मुलुक आर्थिक मन्दीको चपेटामा परेको स्पष्ट परे । अर्थमन्त्री महतले ओली नेतृत्वको सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण अर्थतन्त्र धरासायी भइ आर्थिक मन्दी देखापरेको बताए । अघिल्लो सरकारले उत्पादनशिल क्षेत्रमा लगानी गरेन उनले भने टावर, सभाहल जस्ता अनुत्पादक क्षेत्रमा ठुलो लगानी गरियो त्यसैको प्रतिफल अहिले आर्थिक मन्दीका रुपमा देखा परेको छ ।

अर्थमन्त्री महतले बैंकबाट लिएको ऋण उपयुक्त ठाउँमा खर्च नगर्दा पनि आर्थिक मन्दीको सामना गर्नुपरेको अर्को कारण खुलाए । व्यवसायीहरुले बैंकबाट लिएको ऋण ठिक ठाउँमा खर्च हुन सकेन उनले कारण खुलाउदै भने देशको अर्थतन्त्रमाथि चारैतिरबाट आर्कमण भयो र देशमा आर्थिक संकटको अबस्था आइप¥यो । अर्थमन्त्री महतले देशलाई आर्थिक संकटबाट जोगाउन प्राथमिकताका आधारमा लगानी गर्ने गरी सरकारले योजना बनाएको बताए । अब प्राथमिकता पहिचान नगरी लगानी गर्ने हो भने देश झन दलदलमा फस्छ उनले सरकार यो विषयमा गम्भिर भएर लागेको छ । अर्थमन्त्री महतले देशको अर्थतन्त्र अब उकालो लाग्ने दावी गरे ।

अर्थतन्त्र सुधारको बाटोमा जादैछ उनले भने अब आर्थिक संकटको अन्त्य हुने आशाको किरण देखा पर्दैछन् । उनले मुलुकमा रहेको आर्थिक संकटको समस्या धेरै समय नरहने बताए । आर्थिक संकटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको भन्दै अर्थमन्त्री महतले प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको बाताबरण बनाउन सरकार लागि परेको बताए । अघिल्लो सरकारको जथाभावि खर्च गर्ने प्रबृतिका कारण अर्थतन्त्रमा समस्या आएको भन्दै उनले यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए । व्यक्तिले जथाभावि खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको संकट टर्ने अर्थमन्त्री महतको भनाई छ ।

उनले सामाजिक सञ्जाल मार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजित रुपमा गलत प्रचार गरिएको बताए । गतलप्रचारका कारण अर्थतन्त्रको विषयमा निरासा छाएको छ उनले यही कारणले देश जटिलता तर्फ धकेलिएको हो । अर्थमन्त्री महतले पूँजि चलायमान नहुँदा पनि समस्या सृजना भएको बताए । अर्को प्रशंगमा कांग्रेस प्रबक्ता समेत रहेका अर्थमन्त्री महतले मिसन ८४ नभइ अब मिसन बलियो कांग्रेस अभियान चलाउनुपर्ने बताए । मिसन बलियो कांग्रेस अभियान चितवनबाटै सुरु गर्न उनले आग्रह गरे । अरु दलहरुले मिसन ८४ भनेका छन् उनले भने कांग्रेसलाई त्यो आवश्यक होइन अब मिसन बलियो कांग्रेस अभियान चलाउनुपर्छ । पद नपाउदा वित्तिकै चुनावमा विपक्षीदलको उम्मेदवारलाई भोट हाल्ने गलत प्रबृतिका कारण कांग्रेस कमजोर भएको उनको भनाई छ ।

नेपाली कांग्रेसप्रति जनविश्वास घटेको नभई नेता तथा कार्यकर्ताकै कारण पार्टी बलियो हुन नसकेको उनले बताए । कार्यक्रममा क्षेत्रीय सभापति किरण भूषण सिंह ओलीले राजनीतिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी थापा भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्षेत्रीय पार्टी कार्यालयको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने संविधान सभा सदस्य सावित्री चौधरी र स्वर्गीय उदयनाथ अधिकारी सहित पार्टीको संस्थागत विकासमा योगदान दिएका नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरिएको क्षेत्रीय सचिव उमेश गिरीले जानकारी दिए । कार्यक्रममा राप्ती वडा नं १२ मा रहेको गणेश माविका ५०० जना विद्यार्थीका लागि स्कुल व्याग तथा तीन जना अपाङगत भएकाहरुलाई ह्विलचियर प्रदान गरिएको अर्को क्षेत्रीय सचिव दीपकराज पौडेलले जानकारी दिए ।

कार्यक्रमम केन्द्रीय सदस्य टेकप्रसाख गुरुङ, केन्द्रीय सदस्य किरण पौडेल, जिल्ला सभापति राजेश्वर खनाल,निर्वतमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, रत्ननगरका मेयर प्रलाद सापकोटा, खैरहनीका मेयर शशी खनिया, राप्तीका उपमेयर देवेन्द्र लामा, संविधान सभा सदस्य सावित्रीदेवी चौधरी, प्रदेश समिति सदस्य ओम डल्लाकोटी, महाधिवेशन प्रतिनिधि निता ढकाल, खैरहनी सभापति गुणराज श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि उल्लासकान्त मैनाली, ट्रेड युनियन कांग्रस चितवनका अध्यक्ष हरिहर सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

क्षेत्रीय सभापति ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश क का सभापति गणेश मल्लले स्वागत मन्तव्य राखेका थिए । यसैबीच संविधान सभा सदस्य सावित्रीदेवी चौधरीले प्रदान गरेको जग्गामा निर्माण गर्न लागिएको क्षेत्रीय पार्टी कार्यालयको भवनको अर्थमन्त्री महतले निर्माण सुभारम्भ गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker