
चितवन ।
चितवनको भरतपुरमा सम्पन्न दशौं चित्रवन कप अर्न्तगत सम्पन्न फुटसल प्रतियोगिताको उपाधि लायन्स क्लव अफ चितवन रोयलले जितेको छ । लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा भरतपुर ७ कृष्णपुरमा रहेको अंकुरम एकेडेमीमा सम्पन्न प्रतियोगितामा नारायणगढको बालकुमारी मावी उपविजेता भएको कार्यक्रम संयोजक विष्णु प्रसाद ओझाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने क्लबले नगद २५ हजार र द्वितिय हुने क्लबले १२ हजार नगद प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्दै रोजल दाहाल बेष्ट प्लेयर र धेरै गोल गरेर हाइयस्ट स्कोररको उपाधी निखील रानाभाटले र फेयर प्ले को उपाधि भरतपुर युथले जितेको ओझाले बताए ।लियो र लायन्स क्लबको आत्मीयता बढाउने उद्देश्यले गरिएको प्रतियोगितामा चितवन सहित काठमाण्डौ,रुपन्देही,कास्की नवलपुर,मकवानपुर लगायतको जिल्लाबाट ३२ बढी लायन्स तथ लियो क्लबको सहभागिता रहेको थियो ।
लायन डिष्ट्रीक काउन्सील ३२५ आर नेपाल गर्भनर एमजेएफ लायन आर एस महत्तोको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा भाइस डिष्ट्रिक गर्भनर ३२५ नेपाल लायन दिननाथ न्यौपाने, सेन्ट्रल कलेजका प्रिन्सीपल यज्ञ विलास (बाइबी) पौडेल ,लायन नवराज, लायन सुकुमार , लियो किरण लामिछाने,जिल्ला परिषद् ३२५ आर नेपाल जिल्ला अध्यक्ष लियो ललन महत्तो,जिल्ला परिषद् ३२५ आर उपाध्यक्ष लियो पुरुषोत्तम सुवेदी,निबर्तमान जिल्ला अध्यक्ष लियो बिकास पाण्डे, जिल्ला परिषद् ३२५ आर नेपाल कार्यकारी सचिब तथा क्लब का पुर्व अध्यक्ष रिजन कोर्डिनेटर लियो बिमोचन आचार्य ,लियो विज्ञान पौडेल, लियो अशोक अधिकारी लगायतको उपस्थिती रहेको थियो ।