रत्ननगरमा मैत्रिपूर्ण फुटबल : पत्रकार टोलीको जित

रत्ननगर , कार्तिक २ ।

रोटरी क्लब अफ रत्ननगर र पूर्वी चितवनमा क्रियाशिल पत्रकार बीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । बडादसैँ , शुभ दिपावल तथा छठ पर्वको अवसरमा रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ ।

टिकौली चौरमा भएको प्रतियोगितामा ३-१ गोल अन्तरले पत्रकारको टोली विजयी भएको हो । खेलमा पत्रकार टोलीको तर्फबाट रमेश राना मगरले २ गोल र महेश पाण्डेले १ गोल गरेका थिए भने रोटरीको तर्फबाट केशब आचार्यले १ गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका पत्रकार राजन दिल गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

जोन ३७ असीस्टेण्ट गर्भनर सुरेन्द्रनाथ रेग्मीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले सबैका लागि खेलकुद आवश्यक रहेको भन्दै रोटरी र पत्रकारहरु विच पुर्वी मैत्रीपूर्ण फुटबल आयोजना गरिएको बताए । समापन कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ९ का वडाध्यक्ष अनन्त अधिकारीले विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विपीन पोख्रेल, क्लबमा आवद्ध सदस्य तथा पूर्वी चितवनका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker