नरेश रेग्मी र कविता सुनाम अभिनित म्युजिक भिडियो ‘मायाको ब्यापार’ सार्वजनिक

१२ कार्तिक, रत्ननगर । मोफसलमा रहेर पनि सफल निर्देशकको छवि बनाएका रेहान मियाको निर्देशनमा मायाको व्यापार नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेममा विभिन्न उल्झनमा परि असफल भएको प्रेमीको कथालाई गीतले व्यक्त गरेको छ । गीतको भिडियोमा वरिष्ठ कलाकार लक्ष्मण नेपालले एक गाईनेको अभिनय गरेका छन् भने उक्त भिडियोमा नरेश रेग्मी, कविता सुनाम, ऋषि दवाडी, बिमल पौडेल, आभाष राना र वाल कलाकारको रुपमा अक्सा कोइरालाको अभिनय देख्न सकिन्छ ।

गीतमा सुमित खड्काको स्वर रहेको छ भने ध्रुब राज पौडेलको शव्द, वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ । मनोहर सुनामको एरेन्ज रहेको गीतलाई भोला पौडेलले मिक्सिंग,मास्टरिङ तथा रेकर्ड गरेका हुन् ।

म्युजिक भिडियोका निर्देशक रेहान मिया ।

गीतको भिडियोलाई कुशल छायाँकार रवि कोइराला तथा सुनिल सुन्दासले खिचेका छन् भने मनोज चौधरीको ड्रोन अपरेटिङ, पुजन लामिछानेको कलर करेक्सन, आभास रानाको पोस्टर डिजाईन रहेको छ । पवित्रा रेग्मी निर्मात्री रहेको सो गीतको भिडियो मितेरी फिल्म्सको व्यानरमा रेहान मियाको सम्पादन तथा निर्देशनमा तयार भएको हो । गीत एन आर जी टिभि नेपालको यु-ट्युव च्यानलमा हेर्न सकिन्छ ।

म्युजिक भिडियो हेर्नुहोस् :

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker