गंगा प्लाजामा दुई हजारको कपडा किन्दा ६५ हजारको वासिङ मेसिन

रत्ननगर । रत्ननगर वडा नं १३ जयमंगलाकी सुस्मिता रानाभाटले दुई हजारको कपडा खरिद गर्दा ६५ हजार मुल्य पर्ने वासिङ मेसिन जिल्न सफल भएकी छन् । रत्ननगर १ सौराहाचोकमा रहेको गंगा प्लाजा सुपर मार्केटबाट जाडोमा लगाउने कपडा खरिद गर्दा उनले पाएको कुपनबाट लक्की ड्र गर्दा सो मुल्य बराबरको वासिङ मेसिन परेको हो ।

गंगा प्लाजा व्यवासायी समितिले बडा दसैं, शुभदीपावली र छठ पर्वको अबसर पारेर चिठ्ठा कुपन योजना सुरु गरेको थियो । सो उपहार कुपन योजनाको विहीबार सार्वजनिक गरिएको छ । घरमा वासिङ मेसिन खरिद गर्ने योजना थियो रानाभाटले भनिन् तर भाग्यबस उपहारमा वासिङ मेसिन पर्‍यो । रानाभाटले दुई हजारको कपडा किन्दा ६५ हजारको वासिङ मेसिन उपहारमा परेको भन्दै खुसी व्यक्त गरिन ।

दोस्रो पुुरस्कारको रुपमा कुपन नं २५३६ लाई फ्रिज, तेस्रो पुरस्कार कुपन नं २१६१ लाई स्माट टेलिभिजन, चौथो पुरस्कार कुपन नं प्रेमनाथ खनाललाई स्माट टेलिभिजन, पाँचौ पुरस्कार कुपन नं १७८८ लाई माइक्रोओभन, छैनौं पुरस्कार कुपन नं ५९४५ लाई भ्याकुम क्लिनर र २० जनालाई सान्त्वना पुरस्कार स्वरुप आइरत प्रदान गरिएको समितिका सल्लाहकार शंकर पौडेलले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रबक्ता तथा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके, रत्ननगर उद्योग बाणिज्यसंघका अध्यक्ष शंकर गिरी, गंगा प्लाजा व्यवासायी समितिका संरक्षक राजेन्द्र थापाले उपहार हस्तान्तरण गरेका थिए ।

सो अबसरमा महासंघका अध्यक्ष चुकेले टाँडी बजारलाई विकासको उचाईमा लैजान आफुले गंगा प्लाजा स्थापना गरेको बताए । संघका अध्यक्ष गिरीले गंगा प्लाजा सुपर मार्केट रत्ननगरकै नमुना बजारको रुपमा विकास भइरहेको बताए । गंगा प्लाजा व्यवासायी समितिका अध्यक्ष राजकुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष विष्णुप्रसाद भट्टराईले कुपन उपहार योजनाको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker