रत्ननगरले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा अन्तरक्रिया गर्ने

सार्वजनिक सवारी साधनका चालक, सह-चालकलाई सहभागी गराइने

रत्ननगर नगरपालिकाले ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अबसरमा नगर स्तरीय अपाङ्गता भेला तथा सार्वजनिक यातायातका चालक तथा सह-चालकहरु संग अन्तरक्रिया कार्यक्रम लगायत विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ । नगर उप-प्रमुख यादवप्रसाद पाठकको संयोजकत्वमा भएको अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम Community Based Rehabilitation, (CBR) समन्वय तथा अनुगमन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, महिला बिकास अधिकृत दिपा घिमिरे, नगरस्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष मिनराज खनाल, महिला विकास निरीक्षक रञ्जना पौडेल, सहायक महिला विकास निरीक्षक नानीमाया पौडेल लगायतको उपस्थिति रहेको थियो ।

पृष्ठभुमि :
संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्धनको लागि “अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस” सन १९९२ देखि मनाउन थालिएको हो । यो दिवस हरेक डिसेम्बरको ३ तारिखमा मनाइन्छ । नेपालमा पनि यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो । हरेक बर्ष नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व, राष्ट्रिय अपाङ्ग महासंघको समन्वय र यस क्षेत्रमा कार्यरत अपाङ्गता भएका व्यक्तिका संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, मानवअधिकार सम्बन्धी काम गर्ने निकायहरू, नीजि क्षेत्र, संयुक्त राष्ट्रसंघीय निकायहरू लगायत आम नागरिकहरूको वृहत संलग्नतामा विभिन्न कार्यक्रमहरू गरि यो दिवस मनाउने गरिन्छ । यस दिन सञ्चार माध्यमहरूले समेत यो विषयलाइ विशेष महत्वका साथ स्थान दिने हुनाले देश भर कुनै न कुनै रूपमा यो दिवस मनाउने गरिएको छ ।
३ डिसेम्बर २०२३ सम्म पुग्दा यो दिवसको ३२ औँ श्रृङ्खलामा प्रवेश गरेको छ ।

अपाङ्ग दिवस २०२३ को नारा :
“United in action to rescue and achieve the SDGs for, with and by persons with disabilities” यसको अर्थ अपाङ्गता भएका व्यक्तिहरूका लागि, र तिनीहरूद्वारानै सहश्राव्दी बिकास लक्ष्य प्राप्त गर्न उद्धार र पैरवीमा एकजुट हौं भन्ने हो ।

यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउनको लागि सन् २०२३ को विश्वव्यापी दिवसले निम्न विषयगत विषयहरूलाई तीन फरक अन्तरक्रियात्मक संवादहरूमा समेटेको छ ।

रोजगारीमा अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन

असमानता घटाउन अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन

अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन

र यी सबै बुँदाहरू दीगो विकास लक्ष्य प्राप्तिका हिस्साहरू हुन् ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker