साना किसान कृषि सहकारीकाे साधारण सभा उद्घाटन

रत्नननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं ६ स्थित बछाैलीमा रहेकाे साना किसान कृषि सहकारी संस्था लि. बछाैलीकाे २६अाैं बार्षिक साधारण सभा बुधबार गरिएकाे छ । रत्ननगर नगरपालिकामा मेयर प्रलाद सापकाेटाले साधारण सभाकाे उद्घाटन गरेका थिए । साे अबसरमा उनले आयआर्जन र उत्पादनमुलक कार्यमा लगानी गर्न सहकारीलाई आग्रह गरे । कार्यक्रमा संस्थामा अध्यक्ष नारायण महताेले बार्षिक प्रतिवेदन तथा भावि कार्ययाेजना, संस्थाका प्रबन्धक रामहरी दाहालले आयव्याय, लेखा समिति संयाेजक विष्णप्रसाद आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा २९१ जना असल ऋणि शेयर सदस्यलाई पुरस्कृत गरिएकाे छ । संस्थाका अध्यक्ष महताेले शेयर सदस्य बृद्धि तथा समुह सुदृढिकरण, अन्तर समुह संचालन, शेयर रकम बृद्धि, बचत बृद्धिका, कृषिमा प्रविधिको प्रयोग र उत्पादकत्व बृद्धि, बाहृय कर्जाब्यबस्थापन तथा कर्जा लगानी असुली, कर्जा उद्देश्य र बचतको ब्याज दर आधार बनाएर भावि कार्ययाेजना प्रस्तुत गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकामा आर्थिक विकास समितिका संयाेजक साेहेन्द्रराज खरेल, वडा नं ६ का वडा सदस्य वीरेन्द्र महताे, बछाैली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष पवित्रादेवी घिमिरे लगायतले मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष जरी तामाङले स्वागत मन्तब्य राखेकी थिइन ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker