रास्वपा सरकारमा जाने सम्भावना छैन : स्वार्णिम वाग्ले

रत्ननगर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा सरकारमा जाने सम्भावना नरहेको बताएका छन् । सो पार्टीको नगर समितिले रत्ननगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकारले जनअपेक्षा अनुुसार काम गर्न नसकेको भन्दै उनले संकट अन्त्यको लागि सामान्य प्रयास समेत नगर्ने सरकारमा सहभागी हुनुको अर्थ नरहेको बताए । उनले पूर्वी नेपालको जलेश्वरमा सम्पन्न पार्टीको बैठकमा सरकारमा सहभागी हुने विषयमा छलफल र निर्णय केही पनि नभएको बताए । भष्टाचार नियन्त्रण र बेतिथिको अन्त्यको लागि दवाद दिँदै सरकारलाई जनउत्तरदायी बनाउन प्रतिपक्षमै रहेर भूमिका खेल्ने डा. वाग्लेले बताए ।

जलेश्वर बैठकमा नेतृत्व, नीति र संगठन विस्तारमा छलफल गरेर राजनीति दिशा तय गरेको छौं उनले भने अब रास्वपा सामुहिक शक्तिमा साथ अगाडि बढ्ने छ । डा. वाग्लेले सभापति रवि लामिछानेलाई बलियो बनाउदै पदाधिकारी र केन्द्रीय सदस्य चयन गरिएको बताए । जलेश्वर बैठकले सामुहिक नेतृत्व स्थापित गरिएको छ उनले भने अब हामी स्पष्ट नीतिका साथ संगठन निर्माणमा जुट्ने छौं । देशका केही गर्न चाहने पेटमा आगो भएका युवाहरुलाई पार्टीमा भित्र्याउने उनको भनाई छ । अनुभव भएका र समाजले मान्ने युवाहरुलाई पार्टीमा गोलबद्ध गरि नयाँ संस्कारको राजनीति सुरु गर्ने उनले बताए । उपसभापति वाग्लेले रास्वपा वामपन्थी दल नभइ लोकतान्त्रिक पार्टी रहेको स्पष्ट पारे । गणतन्त्रलाई आत्मसाथ गर्दै पार्टीलाई पूर्ण लोकतान्त्रिक पद्दतीमा अगाडि बढाउने उनको भनाई छ । धर्मनिरपेक्ष मुलुकमा नयाँ उदायको रास्वपाले आफ्नो धारणा समेत बैठकका सार्वजनिक गरेको उपसभापति वाग्लेले बताए । अन्य धर्महरुलाई सहअस्तित्वको रुपमा मान्दै सनातन हिन्दु धर्मलाई पार्टीले आत्मसाथ गरेको उनले बताए । नेपालको गौरव बोकेको सनातन हिन्दुधर्म हाम्रा लागि प्रधान हो उनले भने बहुसंख्यक मानिसको लगाव पनि यसैमा छ । पुराना पार्टीले सुसासनको कुरा गर्नु लज्जास्पद हुने भन्दै उपसभापति वाग्लेले सांसद किनबेच गर्ने, टिकट बेच्ने पार्टीले सुसासन स्थापित गर्न नसक्ने तर्क गरे ।

कार्यक्रमा सांसद हरि ढकालले राजनीति प्रतिको अबैध आकर्षणले मुलुकलाई संकटमा धकलेको बताए । ठुला दलहरुप्रतिको आकर्षण मुलुकलाई बर्वादिमा धकल्ने अबैध आकर्षण हो उनले भने अब युवाहरुले परिबर्तनहरु लागि एकजुट हुन जरुरी छ । मुलकमा जनअपेक्षको पहाड र बेतिथिको हिमाल रहेको भन्दै सांसद ढकालले बेथितिको अन्त्य नगरि जनअपेक्षा पूरा गर्न सक्ने अबस्था नरहेको बताए । सो पार्टीका केन्द्रीय सदस्य ध्रुव गिरीले भष्टाचारको अन्त्य गर्दै मुलुकलाई सुसासनको गतिका अगाडि बढाउन युवाहरु गोलबद्ध हुन जरुरी रहेको बताए । ठुला दलहरुकै कारण मुलुकमा आर्थिक संकट चुलिएको भन्दै उनले यसको अन्त्यको लागि रास्वपा शक्तिमा आउन आवश्यक देखिएको उनको भनाई छ ।

सो पार्टीका नगर सभापति रामनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक कृष्णप्रसाद भूषाल, क्षेत्रीय अध्यक्ष टीकादत्त इटनी, रास्वपाका नेता जगदिशचन्द्र शर्मा लगायतले मन्तब्य राखेका थिए । सोही कार्यक्रममा दुई दर्जन बढी युवाहरु सो पार्टीमा प्रवेश गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker