रत्ननगरमा मंसिर १७ गतेबाट दाेस्राे मेयर कप हुँदै

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही मंसिर १७ गतेबाट दाेस्राेे अन्तरपालिका मेयर कप फुटवल प्रतियाेगिता हुने भएकाे छ । रत्ननगर नगरपालिका अन्तर्गतकाे रत्ननगर खेलकुद विकास समितिकाे आयाेजनामा नेपाल माविकाे खेल मैदानमा साे प्रतियाेगिता हुँदैछ । आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे तयारी र उद्देश्यका बारेमा जानकारी गराएकाे हाे । जिल्लाका सात पालिकाका सात वटा टिमकाे सहभागिता रहने साे प्रतियाेगिताकाे पुरस्कार रासी १ लाख ५१ हजार १११ रहेकाे रत्ननगर खेलकुद विकास समितिका संयाेजक कृष्ण चाैधरीले जानकारी दिए । प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे र प्रथम हुने टिमलाई १ लाख ५१ हजार १११ र दाेस्राे हुने टिमलाई १ लाख १ हजार १११ रूयैया, शिल्ड र मेडल प्रदान गरिने सह-संयोजक साैगात भूजेलले जानकारी दिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर कप फुटवल आयाेजना गरिएकाे वडा नं ८ का वडाध्यक्ष समेत रहेका समितिका संयाेजक चाैधरीले बताए । पत्रकार सम्मेलनमा नगर शिक्षा अधिकारी नारायण वाग्ले, शिक्षा अधिकृत राजेन्द्र बराल, रत्ननगरका फूटवल प्रशिक्षकहरु सुर्यमान श्रेष्ठ, लेखनाथ न्याैपाने लगायतले मन्तब्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker