एञ्जल्र्स वल्र्ड आमाविमा पाककला प्रतियोगिता

रत्ननगर । रत्ननगर वडा नं १० स्थित एञ्जल्र्स वल्र्ड आमाविमा अन्तर विद्यालय स्तरीय पाककला (खाना बनाउने) प्रतियोगिता शनिबार गरिएको छ ।

चितवन राइनो रोभर रेन्जर क्रियूको आयोजना तथा एञ्जल्र्स वल्र्ड आमाविको सहआयोजनामा भएको सो प्रतियोगितामा चितवनका १० वटा विद्यालयका ८० जना स्काउट विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रत्ननगरको हिमालयन सेकेण्डरी स्कुल प्रथम, लिटिल स्टार आमावि द्धितीय र लाइसियम इन्टरनेशन मोडल स्कुल तृतीय भएको विद्यालयका प्राचार्य गणेश शर्मा पौडेलले बताए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकका उपमेयर यादबप्रसाद पाठकले व्यवहारिक शिक्षालाई महत्व दिएर शिक्षण शिकाईलाई अगाडि बढाउनु पर्ने बताए । कार्यक्रममा वडा नं १० की कार्यबहाक वडाध्यक्ष गोमा भण्डारी, रत्ननगर प्याब्सनका अध्यक्ष पशुपती उपाध्याय, नेपाल स्काउटका अगुवा तीर्थराज न्यौपाने, चितवन राइनो रोभर रेन्जर क्रियूका संस्थापक अध्यक्ष बैकुण्ठ मरहठ्ठा, क्रिष्टल कलेजका क्याम्पस प्रमुख एकबहादुर जिसी, लगायतले मन्तव्य राखेका थिए । विद्यालयका प्राचार्य गणेश शर्माको अध्यक्षतामा भएको कार्यक्रम क्रियूकी संस्थापक सदस्य भिमा थापाले सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker