जुटपानी साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः दाहाल चयन

रत्ननगर, मंसिर १६ । कालिका नगरपलिका वडा नं. ६ मा रहेको जुटपानी साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा पुनः मिश्रा दाहाल चयन भएकी छिन् ।

सो सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सीता कंडेल चापागाई, सदस्यमा सम्झना परियार, हिम कुमारी राना मगर, कल्पना दमाई, सुमित्रा खत्री, रिता आचार्य, बिष्णु आचार्य, साबित्री चापागाई, डिला कुमारी सापकोटा, टुकमाया सोती चयन भएको निर्वाचन समितिका संयोजक दुर्गा सुवेदीले जानकारी दिए । लेखा समिति संयोजकमा रिता कट्टेल लामिछाने र लेखा समिति सदस्य चन्द्रकला रेग्मी, खिरा पौडेल चयन भएका छन् ।
कार्यक्रममा संस्थाका असल ऋणी र शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने मुल उद्देश्य लिएर स्थापना भएका संस्थाहरुले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, बिउँ, प्राविधिक सेवा, बजार व्यवस्थापनका बारेमा भूमिका खेल्न खेल्नु पर्ने बताए ।

संस्थाकी अध्यक्ष मिश्रा दाहालका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका नगरपालिकाकी उप प्रमुख विमला तामाङ, कालिका वडा नं. ७ का वडा अध्यक्ष कमल राज मोक्तान, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, पदमपुर साना किसानकी प्रवन्धक शिला बस्नेत, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लक्ष्मी नारायण चौलागाई, सुरक्षित बचत तथा ऋण सहकारीका सचिव लालु प्रसाद दाहाल लगाएतले मन्तव्य राखेका थिए ।
संस्थाकी सदस्य रिता दुवाडीले सञ्चालन गरेकी कार्यक्रममा उपाध्यक्ष सीता कंडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker