खैरहनीको गवै बजार सौन्दर्यकरण गर्न गमलामा वृक्षारोपण

खैरहनी, मंसिर १७ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १३ मा रहेको गवै बजार सौन्दर्यकरण गर्न गमलामा वृक्षारोपण गरिएको छ । प्यावसन खैरहनीको आर्थिक सहयोगमा श्री पशुपती युवा क्लवले वृक्षारोपण गरेको क्लबका उपाध्यक्ष विशाल उप्रेतीले जानकारी दिए ।

प्राकृतिक सौन्दर्यका लागि बजार सौन्दर्यकरण गर्न स्थानिय बासीन्दालाई ७५ थान गमला र विरुवा हस्तान्तरण गरिएको कार्यक्रम संयोजक विवेक ढकालले बताए । बजारकै स्थानिय ९० बर्षिय रुक्म कुमारी बस्नेतलाई प्यावसन जिल्ला सह सचिव तथा मदरल्याण्ड एकेडेमीका प्राचार्य अमृत मल्लले गमला र विरुवा हस्तान्तरण गर्दै वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै प्यावसन खैरहनीका सचिव तथा इन्टरनेशनल इंग्लिस स्कुलक प्राचार्य धनवीर चौधरीले गवैलाई हराभरा बनाउने उद्देश्यले कार्यक्रममा सहयोग गरिएको बताउँदै विद्यालयमा दिइएको पर्यावरणीय शिक्षा ब्यवहारमा उतार्न सकिए गाँउ,टोल सुन्दर र हरियाली हुने विश्वास व्यक्त गरे । उनले गवैलाई हराभरा र सुन्दर बनाउन प्यावसन खैरहनीले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

प्यावसनका सल्लाहकार तथा मोर्डन इंग्लिस स्कुलका प्राचार्य केयन सिल्वाल, प्यावसन खैरहनी कोषाध्यक्ष तथा कुमरोज एकेडेमीकी प्राचार्य विपना ढकाल, स्थानिय समाजसेवी लगायतको उपस्थिती रहेको कार्यक्रम सुमन कडरीयाले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker