सौराहामा गोही जोेगाउन संरक्षण मेला हुँदै 

रत्ननगर । चितवनको पर्यटकीय नगरी रौराहामा यही मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ । केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा मेला हुन लागेको हो । ‘गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ गोही मेला हुँदैछ ।

नेपालमा दुई प्रजातिका गोही पाइन्छ । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । यस्तै मगर गोही पनि जोखिम अवस्थामा परेको जीव हो । ‘यी प्रजातिमाथि बढेको जोखिम कम गर्न समुदायलाई सचेत बनाउन आवश्यक छ । मेलामा विद्यार्थीदेखि समाजका र अगुवाहरूलाई समेटेर कार्यक्रम गर्न लागेको हो,’ मेला संयोजक रञ्जना भट्टले आइतबार बाघमारा सामुदायिक वनमा आयोजित पत्रकार सम्मेलनमा भनिन् ।

घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाइन्छ । देशभर २५० को हाराहारीमा घडियाल पाइने भट्टले बताइन् । समुदाय स्तरमा गोहीको संरक्षणको सचेतना फैलाउन मेला आयोजना गरिएको हो । सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्ने गरेका छन् ।

राप्ती नदीमा मिसिने खहरे खोलामा पनि घडियाल देखिन थालेको हुँदा समुदायलाई सचेत गराउन आवश्यक रहेको बाघमारा सामुदायिक बनमा अध्यक्ष जीतु तामाङले बताए । चितवनको पर्यटन विकासको हिसावले गोही एकसिंगै गैंडा जस्तै महत्वपूर्ण रहेको भन्दै तामाङले यसको संरक्षणमा सरकार,निकुञ्ज,संरक्षणकर्मी, व्यवसायी तथा स्थानीय समुदाय एकजुट हुन जरुरी रहेको बताए । गोही मेलामा विद्यालय सचेतना मुलक कार्यक्रम सहित गोहीको महत्वको बारेमा विज्ञहरु सहितको अन्र्तक्रिया कार्यक्रम समेत हुने छ । मेला अन्तर्गत नदी आसबासका बालवालिका अध्यायन गर्ने ८ वटा विद्यालयमा सचेतनामुलक रचनात्मक कार्यक्रम गरिने केयर फर नेचर निर्देशक भट्टले बताइन् ।

संकटापन्न अबस्थामा रहेको घडियाल गोली नेपालको प्रकृति बासस्थानमा २१० को हाराहारीमा रहेको आकलन गरिएको छ । मगर गोहीको भने एकीन तथ्याङक छैन् । अहिले सम्म नदीहरुमा दुई हजारको हाराहारीको गोहीको बच्चा छाडिएको भएपनि आहार र बासस्थानको अभावका कारण बचाउन सकिएको छैन् । नदी प्रदुषण र माछामार्न प्रयोग गरिने तियारी जालका कारण नेपालमा घडियाल गोही संकटापन्न अबस्थामा पुगेको गोही अनुसन्धानकर्ता समेत रहेकी भट्टले बताइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker