रत्ननगर मेयर कप : खैरहनीलाई हराउँदै माडी विजयी

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जारी अन्तरपालिका स्तरीय मेयरकप अन्तर्गत सोमबार भएको खेलमा माडी नगरपालिका विजयी भएको छ । खैरहनी नगरपालिकालाई ४–३ को गोल अन्तरले पराजित गर्दै माडी नगरपालिका विजयी भएको आयोजक रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले जानकारी दिए ।

माडीलाई जिताउन अभिषेक महतोले ह्याट्रिक गरेका थिए । माडीकै पदम नेपालीले एक गोल गरेका थिए । खैरहनी नगरपालिकाको तर्फबाट मिसन चौधरीले दुई गोल र सुदिप घलेले एक गोल गरेका थिए । निर्धारित समयमा दुई तर्फबाट तीन तीन गोल भएको थियो । थपिएको अतिरिक्त समयमा पाएको पेलाल्टीलाई सदुपयोग गरी माडीले जित निकाल्न सफल भएको हो । प्रतियोगितामा ह्याड्डीक गर्ने माडीका अभिषेक महतो म्यान अफ दी म्याच घोषित भएका थिए ।

चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । प्रतियोगिता अन्तर्गत खैरहनी नगरपालिका र माडी नगरपालिका बीच हुने जनाइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker