एडवानले रत्ननगरका विपन्न महिलाको उत्थानमा गरेका कामको समीक्षा

रत्ननगर । रत्ननगरका विपन्न तथा सीमान्तकृत महिलाहरुको आर्थिक तथा सामाजिक विकासको लागि सञ्चालित परियोजनाले गरेका कामहरुको सोमबार समीक्षा गरिएको छ । युएडएआइडीको सहयोगमा नेपाल दलित महिला उत्थान संघ९एडवान०ले सञ्चालन गरेको महिला अगुवाइमा आर्थिक अबसरको प्रवद्धन नामक परियोजनाले गरेका काम र उपलब्धीको बारेमा समीक्षा गरिएको हो । कार्यक्रमा परियोजनाका फिल्ड कोअर्डिनेटर कमला रानाले प्रगती विवरण प्रस्तुत गरेकी थिइन् । २३१ जना महिलालाई ११ वटा समुहका आबद्ध गरी आर्थिक विकासको लागि कृषि, पशुपालन तथा सडक पेटीका खुद्रा व्यवसायीलाई तालिम तथा सामाजिक विकासको लागि रुपान्तरणकारी सामाजिक परिचालन तालिम दिइएको फिल्ड कोअर्डिनेटर रानाले बताइन् । सामाजिक परिचालन तालिममा महिलाहरुलाई स्वास्थ्य, शिक्षा, अधिकार र अबसरको खोजीगर्न सिकाइएको उनले बताए । रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक प्रमुख अतिथि रहेको सो कार्यक्रममा एडवानका परियोजना प्रबन्धक धनबहादुर मिजारले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराएका थिए । एडवानकी उपाध्यक्ष तीर्थकुमारी विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, कार्यपालिका सदस्यहरु चन्द्रकला पनेरु, सानु भण्डारी, कृषि विकास अधिकृत प्रविन लामा लगायले मन्तव्य राखेका थिए । कार्यक्रममा परियोजनाकी सामाजिक परिचालिका विमला विकले स्वागत मन्तव्य राखेका थिइन् । २०७९ साउन १९ गतेबाट सो नगरपालिकाको वडा नं ११, १२, १३, १४, १५ र १६ मा परियोजनाले कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker