लायन्स क्लब अफ रत्ननगर लेडिजको आयोजनामा नि:शुल्क आँखा शिविर

रत्ननगर, मंसिर २३ ।

लायन्स क्लब अफ रत्ननगर लेडिजको आयोजनामा नि:शुल्क आँखा शिविर गरिएको छ । रत्ननगर वडा नम्बर १२ स्थित पञ्चदिप आधारभुत बिद्यालय सालघारीमा शिविर गरिएको हो । वडा कार्यालयको सहयोग र भरतपुर आँखा अस्पतालकाे प्राबिधिक सहयाेगमा गरिएको शिविरमा २ सय ८० जनाको आँखा परिक्षण गरिएको क्लबकी अध्यक्ष भगवती देबकाेटाले जानकारी दिइन् । आँखा परिक्षण गरिएका मध्य २१ जनाकाे माेतियाबिन्दुको समस्या देखीएपछी शल्यक्रियाका लागि भरतपुर आँखा अस्पतालमा सिफारिस गरिएकाे छ । विरामीलाई निःशुल्क औषधी वितरण गरिएको शिवीरमा वडाध्यक्ष सुन्दरमणी सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker