सेभ सुपरमार्केटको ‘लक्की ड्र धमाका’को नतिजा सार्वजनिक

रत्ननगर । रत्ननगर–१, बकुलहरमा रहेको सेभ सुपरमार्केटको लक्की ड्र धमाकाको नतिजा शनिबार सार्वजनिक गरिएको छ ।

सेभ सुपरमार्केटका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा गोलाप्रथाबाट नतिजा सार्वजनिक गरिएको हो । पहिलो पुरस्कार एक तोला सुन चिठ्ठा नं १२३९ लाई परेको छ । यस्तै, दोस्रो पुरस्कार वासिङ मेशिन २३२९, तेस्रो एयरकन्डिसनर चिठ्ठा नं ८५१ र चौथो माइक्रो वेभ ९०२ नम्बरलाई परेको छ ।

विजेताले आफूलाई परेको चिठ्ठा नम्बरको अर्धकट्टीसहित एक महिनाभित्र सेफ सुपरमार्केटमा सम्पर्क राख्न सक्ने अध्यक्ष भट्टराईले जानकारी दिए । नतिजा सार्वजनिक कार्यक्रममा सेभ सुपरमार्केटका सिइओ दिनेश घिमिरे, सञ्चालक दिपेन्द्र खतिवडा, माधव भट्टराई, ध्रुव वाग्ले, उमेश घिमिरेलगायत पत्रकारहरु, ग्राहक तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker