आचार्य समाजको केन्द्रीय प्रवक्तामा सर्बसम्मत् रुपमा बानेश्वर निवासी रामहरी चयन

आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यसमितिको बैठकले आचार्य बन्धु समाज नेपालको केन्द्रीय प्रवक्तामा रामहरी आचार्यलाई चयन गरेको छ । समाजको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले नेपाल सरकारका सेवा निबृत्त अधिकृत तथा समाजसेवी आचार्यलाई प्रवक्ता चयन गरेको हो ।

देशभर ७७ वटै जिल्ला, सातै प्रदेश तथा आचार्यहरू भएको देशभरका स्थानीय तहमा आवश्यक परे वडामा समेत बिस्तार गर्दै गरेको आचार्य बन्धु समाज नेपालले संगठन बिस्तार र जिम्मेवारी बाँडफाँडलाईसमेत तीब्रता दिएको छ । रामहरी आचार्य एक अध्ययनशील, अनुभवि तथा आचार्य समाजसम्बन्धी ज्ञान भएको ब्यक्ती भएको र उहाँले सही जिम्मेवारी पाउँनुभएको केन्द्रीय महासचिव शुभनराज आचार्यले बताए ।

केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकले सर्बसम्मत् रुपमा अध्यक्ष आचायले राखेको प्रस्तावअनुसार केन्द्रीय सदस्यसमेत रहेका नयाँ बानेश्वर काठमाडौं निवासी रामहरी आचार्यलाई केन्द्रीय प्रवक्ता चयन गरेको हो । प्रवक्ता आचार्यको नम्बर ९८५१२४०३०७ रहेको समाजले सार्बजनिक गरेको छ । आचार्य समाजले आफ्नो थर आचार्य लेखेको जुत्ता कम्पनीका बिरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोमा निबेदन दिएको केहदिनमा नै रामहरी आचार्यलाई प्रवक्ता बनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker