महोत्सवमा गायक बमको धमाकेदार प्रस्तुति

तुलसीपुर, ६ फागुन । तुलसीपुर महोत्सव–२०८० मा आइतवार दर्शकहरुले १०
बजेदेखि नै मनोरञ्जन गरे । अधिकांश चर्चित कलाकारहरुको प्रस्तुति भएको
हुँदा दर्शकले भरपुर मनोरञ्जन लिने अवसर पाएको महोत्सव मूल आयोजक समितिका
संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले
जानकारी दिनुभयो ।

गायक चक्र बमले ‘लालवाला कुर्ती नला ओए काजल, पहाडिया बिगर गइल’लगायतका
दर्जनबढी गित गाएर दर्शकलाई मनोरञ्जन दिए । आफ्ना सबैजसो गितमार्फत
युवापुस्तामा आफ्नो प्रभाव जमाउन सफल बमले तुलसीपुरका दर्शकमाझ पनि
धमाकेदार प्रस्तुति राखेर उत्तिकै माया बटुले । देउडा तथा टप्पा
गितमार्फत आफ्नो पहिचना बनाउन सफल गायक बमका सबैजसो गितहरु भाइरल छन् ।
त्यस्तै ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’लगायतका गितमार्फत
गोविन्द मधुर आचार्यले पनि दर्शकको माया बटुले भने दिन ढल्दै गर्दा आएकी
कोमल ओलीले ‘तुलसीपुरमा म जाँदा खेरी, भेट भयो गज्जबको तन्नेरी’ बाट
दर्शकहरुलाई पुनः उत्साहित गराइन भने ओलीले लामो समयपछि ‘बाँझो खेतमा
छड्के सलाम छ, मायालाई पहिलो भेटमा’ गायर बिदा भइन ।


आइतवार दिनभर स्टलहरुमा किनमेल पनि उत्तिकै चल्यो । महोत्सव समापनको दिन
नजिदिदै गर्दा महोत्सवको सांगितिक, तृत्य तथा अभिनयको अवलोकनसँगै
दर्शकहरुले किनमेललाई पनि प्राथमिकता दिएका छन् । स्टलहरुमा प्रायजसो
दैनिक उपभोग्य वस्तु घरायसी सामग्री तथा लत्ताकपडाका व्यवसाय बढ्दो छ ।
सोमबार गायिका टीका पुन, ऋतु कँडेल, उमादेवी खनाल, गायक प्रेम विवस
घर्ती, प्रेमप्रकाश वलीलगायतका कलाकारहरुको प्रस्तुति रहने प्रेस संयोजक
शरद रेग्मीले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker