राप्ती नगरका मेयर, उपमेयर र हाकिमको कार्यकक्षमा तालाबन्दी 

राप्ती ।   राप्ती नगरपालिकामा जनप्रतिनिधिहरुले नगर प्रमुख, उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

बहुमत नगर सदस्यहरुले नगर  प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेको कार्यकक्षमा तालाबन्दी गरेका  हुन् ।  कार्यपालिका बैठक र हिंउदे नगर सभाको माग गर्दै आएका उनिहरुले सात दिनको  अल्टिमेटम दिएका  थिए ।

जनप्रतिनिधिबीचको विवादका कारण केहि महिना यता कार्यपालिका बैठक बस्न सकेको छैन भने पुष मसान्तसम्म गर्नु पर्ने यो आर्थिक बर्षको हिउंदे नगर सभा हुन सकेकाे छैन्। प्रत्येक महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने र पुष मसान्त भित्र हिउंदे नगर सभा सम्पन्न गर्नुपर्ने स्थानीय सरकार संचालन ऎनमा उल्लेख छ ।

संविधान, कानुन अनुसार नगर प्रमुख नचलेको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका छन् ।  उता नगर प्रमुख शमशेर लामा भने बहुमतको दम्भ देखाएर अनावश्यक बखेडा झिकेर  मुद्दामामिलामा लागेपछि चिडिएका छन् ।

राप्ती नगरपालिका प्रमुख शमशेर लामा तत्काल बैठक डाक्ने पक्षमा छैनन् ।  बहुमत सदस्यले दिएको चेतावनी प्रति प्रमुख लामा त्यसले कुनै फरक नपर्ने बताए ।  सहमति र सहकार्यको पक्षमा उभिदा पनि पदीय मर्याद ख्याल नै नगरी बहुमतकाे दम्भ देखाइएकाे बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker