मानवीय सेवामा युवाहरूको सक्रियता : व्हिल चियर वितरण

विभिन्न कारणवाट शारीरिक रूपमा असक्त भई हिडडुल गर्न समेत नसकिरहनुभएका पूर्वी चितवनका १२ जना महानुभावहरूलाई प्रत्यक्ष निवासमा नै पुगेर आगामी दिनहरूमा थोरै भनेपनि जीवन सहज हुनसकोस भन्ने शुभभावका साथमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका राष्ट्रिय अध्यक्ष जगदिशचन्द्र शर्माको संयोजन र सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिको विशेष उपस्थिति एवम् रत्ननगर, खैरहनी र राप्तीमा सामाजिक अभियानमा क्रियासिल युवा नेतृत्वहरू निलकण्ठ पौडेल, ज्ञानु राई, टिकादत्त ईटनी, राज सिल्वाल, तिलक कार्की लगाएतका व्यक्तिहरूको सहभागितामा मानविय सेवा स्वरूप ह्विल चियर प्रदान गरीयो ।

सामाजिक एवम् मानवीय सेवामा लामो समयदेखि विभिन्न माध्यम वाट सक्रिय हुँदैआएको स्मरण गर्दै यसपटकको सेवाकार्यमा ह्विल चियर उपलब्ध गराउन सहयोग गर्नुहुने माननीय डा स्वर्णिम वाग्लेको सचिवालय, माननीय हरि ढकाल र रोटरी क्लव अफ नागरजुन लाई कृतज्ञता जाहेर गर्दै आगामी दिनमाहरूमा समेत यस किसिमको सेवाकार्यलाई निरन्तर अगाडी वढारहेने अभियानका संयोजक जगदिशचन्द्र शर्माले हामीसँगको कुराकानीमा वताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker