रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै वडा स्तरीय अधिवेशन गरी कमिटी गठन गरिएको हो ।

वडा नं १ मा भक्तकुमारी कार्की, वडा नं २ मा सरस्वती अधिकारी, वडा नं ३ मा कृष्ण माया तामाङ, वडा नं ४ मा उमा चौधरी, वडा नं ५ मा भगवती घिमिरे, वडा नं ६ मा अनिता भुषाल, वडा नं ७ मा लक्ष्मी महतो, वडा नं ८ मा पार्वती पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको अनेमसंघ रत्ननगर नगर कमिटीका सचिव गीता सिंखडाले जानकारी दिइन् ।

त्यसैगरी वडा नं ९ मा लक्ष्मी भट्ट, वडा नं १० मा लालुमाया श्रेष्ठ, वडा नं ११ मा रञ्जना ढकाल, वडा नं १२ मा शुभद्रा खनाल, वडा नं १३ मा जयन्ती रानाभाट, वडा नं १४ मा लक्ष्मी भट्टराई, वडा नं १५ मा मिनु श्रेष्ठ र वडा नं १६ मा सरिता गुरुङको अध्यक्षतामा कमिटी गठन गरिएको उनले जानकारी दिइन् । १६ वटै वडामा अनेमसंघको अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु चयन गरिएको छ ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष विमला दुवाडी र नगर कमिटी अध्यक्ष चन्द्रिका महत केसीको उपस्थितिमा वडा कमिटी गठन गरिएको हो । जिल्ला अध्यक्ष दुवाडीले नेकपा एमालले अनुुसरण गरेको नीति, सिद्धान्त र विचारलाई जनताको माझमा लैजान अनेमसंघको भूमिका महत्वपूर्ण हुने भन्दै सक्रिया भएर लाग्ने आग्रह गरिन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker