रत्ननगरमा आत्महत्या रोकथाम तथा स्वहेरचाह सम्बन्धी कार्यशाला

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सोमबार आत्महत्या रोकथाम तथा स्वहेरचाह सम्बन्धी कार्यशाला गरिएको छ ।

वडा नं १ वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाले भक्तिनी बगैंचामा अबस्थित दुर्गा मन्दिरमा कार्यक्रम आयोजना गरेको हो । वडाध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा आत्महत्या रोकथाम र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयास र सचेतनाको विषयमा सहजीकरण गरिएको थियो ।

उपशाखाका कार्यवाहक सभापति अनु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रशिक्षक प्रदीप सुवेदीले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री राममणि खनालले नेपालमा आत्महत्याको घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै यसको न्यूनीकरण र रोकथामको लागि मानिसमा समाजमा सकारात्मक सोचको विकास हुने प्रकारका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा दुर्गा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष बाबुराम श्रेष्ठ सहित टोल विकास संस्था तथा आमासमुहमा आबद्ध स्थानीयहरुको सहभागिता रहेको थियो । उप शाखाका सचिब युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष चन्द्रकान्त ओझाले स्वागत मन्तव्य राखेका थिए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker