रेवान साैराहाका अध्यक्ष ध्रुव गिरीलाई बैदेशिक भ्रमणका लागि विदाई 

रत्ननगर । बैदेशिक भ्रमणमा निस्किन लाग्नु भएका रेवान साैराहाका अध्यक्ष ध्रुव गिरीलाई बुधबार विदाई गरिएकाे छ ।

रेवानकाे कार्यालयमा आयाेजित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शम्भूप्रसाद माली, महासचिव नवीन नेपाल सहित अन्य पदाधिकारी तथा सदस्यहरु अध्यक्ष गिरीलाई विदाई गर्दै सुरक्षित यात्राका लागि शुभकामना दिएका हुन । गिरी जर्मन र नेदरल्याण्डकाे भ्रमणा जादैछन् ।

रास्वपाका केन्द्रीय सदस्य समेत रहेका गिरी रेवान साैराहाकाे अध्यक्ष,सपना भिलेज साेसल इम्प्याक्टका अध्यक्ष समेत हुने । साैराहाका स्थापित व्यवसायी समेत रहेका उनले व्यवसाय र समाजिक कामलाई समेतसंगसंगै अगाडि बढाएका छन् ।

रेवानकाे आज सम्पन्न बैठकले कार्यबहाक अध्यक्षकाे जिम्मेवारी बरिष्ठ उपाध्यक्ष मालीलाई दिइएकाे छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker