आचार्य बन्धु समाजद्वारा चितवन जिल्लाको रत्ननगर नगर समिति गठन, यमनाथ आचार्य अध्यक्ष

१२ चैत, रत्ननगर, चितवन । आचार्य बन्धु समाज नेपाल चितवनको रत्ननगरमा नगर समिति गठन भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ को देबौली टोलमा कौडिण्य गोत्रीय आचार्यहरुको एक भेलाले वंशावली निर्माणलगायतका कार्य गर्न सहज हुने उद्देश्यले भेला गरिएको बताईएको छ ।

भेलाले जेष्ठ सदस्य टिका प्रसाद आचार्यको अध्यक्षतामा छलफल गरी आचार्य बन्धु समाज नेपालको रत्ननगर नगर समिति गठन गरिएको हो । भेलाले यमनाथ आचार्य सहितको तीन सदस्यीय समिति गठन गरिएको हो । नारायण आचार्य र पिताम्बर आचार्य सदस्यमा चयन भएका हुन् ।

नवगठित समितिले अझ ब्यापक भेला राखेर समितिलाई पूर्णता दिन रत्ननगर वडा नं २ मा रहेको पपु किरानाको पछाडी चैत २३ गते शुक्रवार दिनको २ बजे भेला गर्ने निर्णय गरेको छ ।

बैठकमा आचार्य बन्धु समाज नेपाल चितवनका अध्यक्ष शंकर प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा ऊक्त भेलाले आवश्यक्ता अनुसार कार्यसमिति थप गर्नेगरी रत्ननगर नगर समिति गठन गरेको हो ।
चितवन जिल्ला अध्यक्ष शंकर आचार्यले चैत महिनाभित्र चितवनका सबै स्थानीय तहमा आचार्य बन्धु समाज नेपालका स्थानीय समित गठन गरिने बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker