उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि, (स्ववियु) शहीद स्मृति बहुमुखी क्याम्पस समितिको विरोध

चितवन। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ ।

चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ ।

यस घटना प्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) शहीद स्मृति बहुमुखी क्याम्पस समितिले विरोध गरेको छ । विहिबार समितिका सभापति राजेन्द्र सापकोटाद्घारा विज्ञप्ति जारी गर्दै यस घटनाको छानविन गर्न माग गर्नु भएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ “परीक्षाको नतिजा कुरिरहेका विद्यार्थीहरूलाई फेरि परीक्षाको सूचना पठाउने योभन्दा लाजमर्दो र मजाक अरु के हुनसक्छ? गल्ती कर्मचारीले गर्ने सजाय निर्दोष विद्यार्थीहरूलाई दिने काम तुरुन्त बन्द गरूयोस, कापी हराउने मुख्य दोषीको छानबिन होस्, हराएको कपीहरू तुरुन्त खोजी गरियोस् सापकोटा द्घारा जारी विज्ञप्ति उललेख छ ।

त्यस्तै पुन परीक्षाका लागि भनेर निकालिएको सूचना रद्द गर्न र उत्तर पुस्तिका कहा र को बाट हरायो तत्काल आवश्यक छानविन गरि कार्वाहि गर्न माग समेत गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker