नेपाली कांग्रेस चितवनको सहकारी संस्था सम्बन्धी समसामयिक बिषयमा बृहत अन्तर्कृया : सहकारीमा गरेको बचत सुनिश्चि गर्न माग

आशिष अधिकारी
चैत्र १५,भरतपुर

जिल्लामा रहेका सहकारी सस्थाहरु समस्या ग्रस्त वन्दै गए पछि यहाँका बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस चितवनको सहकारी बिभागले बिहिवार जिल्लाको पुर्बी क्षेत्र रत्ननगर र पश्चिम क्षेत्रको भरतपुर स्थित जिल्ला सहकारीको सभाहलमा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सहकारी सस्था सम्बन्धि समसामयिक बिषयमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाली काङ्ग्रेस चितवनले जनाएको छ ।


समुदायमा काङ्ग्रेस अभियान अन्तरगत नै रहेर सहकारी पीडितहरु सग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनु भयो ।
कार्यक्रममा बोल्ने पिडित बचतकर्ताहरुले सहकारी कुन दिन वन्द हुन्छ भन्ने चिन्तामा आफुहरु  रहेको बताएका छन् । उनीहरुले जिल्लामानै केन्द्रिय कार्यालय भएर संञ्चालन भएका सहकारी केही हद सम्म जिम्मेवार वनेको भए पनि शाखाका रुपमा स्थापना भएका सहकारीहरुलाई बिश्वास गर्न नसक्ने बातावरण बनेको बताएका हुन । सहकारी पिडित शालिग्राम दुवाडीले जनताको पैसा एउटा संञ्चालक वा व्यवस्थापकले अपचलन गरेर हिड्दा जनताको घरबास उठेको बताउनुभयो । एउटै व्यक्ति पटक पटक अध्यक्ष भईरहँदा समस्या आएको उहाँको भनाई थियो ।  साहरा सहकारीले मात्रै रु ८५ करोड हिनामिना गरेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “सहकारीको समस्या समाधान नभए सम्म आम जनताले शुःख पाउँदैनन् ।” यस्तै अर्का पिडित तुलसीराम सापकोटाले समाज अहिले सहकारी पिडितहरुको कुरामा केन्द्रीत हुन नसकेको बताउनुभयो । सहकारी पिडितको कुरा सुन्नै नहुने जस्तो गरी काम भएको उहाँको गुनासो थियो ।

त्यस्तै अर्का सहकारी पीडित सुरेश जग पाण्डेले शिव शिखर सहकारीमा ९३ करोड रुपैयाँ घोटाला भएको ठोक्कुवा गर्नुभयो ।

पछिल्लो समय चितवन लगाएत देशै भर देखिएका बचत तथा ऋण सहकारी सस्था सम्बन्धि विविध समस्याहरुको
सहकारी सस्था सम्बन्धि समसामयिक बिषयमा बृहत् अन्तरक्रिया कार्यक्रम गरेर सहकारी पिडितहरुको घाउमा मलम लगाउन नेपाली काङ्ग्रेस चितवनले जमर्को गरेको भन्दै सहकारी पिडितहरुले खुशी व्यक्त गरेका छन् । जनताको सुखदुःखमा नेपाली काङ्ग्रेस पार्टी रहेको स्मरण गर्दै अधिकाश सहकारी पीडितहरुले काङ्ग्रेसले हाम्रो मुद्दालाई लिएर अगाडी बढेको बताएका छन् ।

कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी सस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले प्रशिक्षण दिनुभएको थियोे । पौडेलले सहकारी सस्थाहरुले सहकारीमा सकलन भएको मध्ये ९० प्रतिशत रकम आफ्नो प्रयोजनमा खर्च गर्ने गरेको तथ्यांकले देखाएको समेत प्रष्ट पार्नु भयो ।

सहकारीको उद्वगम स्थल चितवन मा नै सहकारी क्षेत्रबाट हजारौं नागरिकहरु पिडित भएको कहालीलाग्दो घटनाक्रमलालाइ नजर अन्दाज गर्न नसकिने हुँदा दैनिक जिवनसग जोडिएका समस्याहरुलाइ दीर्घकालीन रुपमा समाधान गर्न नेपाली काङ्ग्रेस चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै फलदायी रहेको पौडेलको भनाइ थियोे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker