इण्डो–नेपाल टी–२० : सेमीफाइनल समीकरण पूरा

चितवन, चैत १५–
चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश सेमीफाइनलमा स्थान पक्का गरेका हुन् । प्रतियोगितामा सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता बन्दै सेमीफाइनल स्थान बनायो भने सुदूरपश्चिम प्रदेशले आज तालतला इन्स्टिटाइट कोलकातालाई पराजित गर्दै समूह उपविजेताको रुपमा सेमीफाइन प्रवेश ग¥यो । यस्तै कोलकता सुदूरपश्चिमसंग समान ८ अंक भएपनि नेटरनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेर सेमीफाइनल प्रवेश ग¥यो । मधेशले भने बागमती प्रदेशलाई पराजित गर्दै ४ अंकका साथ चौथो स्थानमा रहेर सेमीफाइनल स्थान कब्जा ग¥यो । प्रतियोगितामा एक मात्र जित निकालेको घरेलु टोली भरतपुर मेयर्स ११ र बागमती प्रदेश सबै खेल हार्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।
प्रतियोगिता अन्तरगत लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम प्रदेशले कोलकतालाई ८३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । सुदूरपश्चिमले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.३ ओभरमा १३९ रनमा अलआउट भयो । कोलकताका लागि विजय यादवले सर्वाधिक ३७ बलमा ५० रन बनाए । कुनाल नगरले ३१ बलमा ४६ रन बनाए ।
सुदूरपश्चिमका लागि भोजराज भट्टले ४ ओभमा ३२ रन खर्चिदै ४ विकेट लिए भने दीपक बोहोराले ४ ओभरमा १२ रन खर्चिदै ४ विकेट नै लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम खडक बोहोरा र दीपक बोहोराको अर्धशतकको मद्धतमा ७ विकेटको क्षतिमा २२२ रनको ठूलो योगफल तयार पारेको थियो । खडकले ३२ बलमा ६४ रन बनाए भने दीपकले २९ बलमा ५६ रनको पारी खेले । अभिषेक पालले ४० रन बनाए ।
कोलकताका लागि मिलन यादव र दिव्यांश यादवले समान २ विकेट लिए ।
यस्तै आजै भएको पहिलो खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित ग¥यो । वर्षाले मैदान खराब भएका कारण ८ ओभरमा छोट्याईको खेलमा बागमतीले मधेशलाई ७५ रनको लक्ष्य दिएको थियो । मधेशले ७.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । मधेशका लागि साहिल पटेलले सर्वाधिक ४३ रन बनाए ।
बागमतिका लागि इशान पाण्डेले २ विकेट लिए । पहिले व्याटिङ गरेको बागमतीले ८ ओभरमा ५ विकेटको क्षतिमा ७४ रन बनाएको थियो । बागमतीका लागि इशान पाण्डेले २६ रन बनाएका थिए । मधेशका लागि प्रजिभ यादवले ३ विकेट लिए ।
प्रतियोगिताको सेमीफाइनल खेलहरु भोलि हुँदैछन् । पहिलो सेमीफाइनलमा पीएसआर ग्रुप लखनउ र मधेश प्रदेशबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो सेमीफाइनलमा तालतला इन्स्टिटाइट कोलकाता र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । उपाधि भिडन्त चैत १७ गते हुनेछ ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker