भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टनको फाइनल भोलि

चितवन, चैत १६–
चितवनको भरतपुर–१०, स्थित कवर्ड हलमा जारी ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’ को फाइनल समीकरण पुरा भएको छ ।
प्रतियोगितामा कुल पाँच इभेन्टका खेलहरु भइरहेका छन् । पुरुष खुल्लातर्फ फाइनलमा शसस्त्र प्रहरी बल एपिएफ क्लवका प्रिन्स दाहाल र विजित थापा मगरको जोडीले त्रिभुवन आर्मी क्लवका (टिएसी)का पविन लिङथेप र प्रफुल महर्जनको जोडीसंग प्रतिष्पर्धा गर्ने भएको छ । प्रिन्स दाहालको जोडीले भारतको विहारबाट आएका सत्यम कुमार र बर्दान यसको जोडीलाई सेमीफाइनलमा पराजित गरेको थियो ।
यस्तै टप २० ¥याङकिङ बोहकका खुल्ला पुरुष प्रतिस्पर्धामा धादिङ र लमजुङका रमेश मल्ल ठकुरी र सुजन थापाको जोडीले उपाधिका लागि बालकुमारी रेमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडीसंग प्रतिष्पर्धा गर्नेछ ।
यसैगरि भेट्रान ४५ प्लस विधामा उपाधिका लागि कुस्मा र पिएफसीका प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले तनहुँ र कास्कीका देव गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीसंग भिड्ने भएको छ ।
भेट्रान ५५ प्लस विधामा चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले फिटनेशन पार्कका दिलबहादुर कन्दङवा र उमेश केसीको जोडीसंग उपाधिका लागि प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तिम विधा चितवन ‘सी’ लेभलको फाइनल प्रतिस्पर्धा पनि शनिबार नै हुनेछ ।
भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र चितवन जिल्ला खेलकुद विकास समितिको संरक्षकत्वमा जारी प्रतियोगिताको बिहीबार साँझ भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गरेकी थिइन् ।
प्रतियोगिताका फाइनल खेलहरु शनिबार हुँदैछ । प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितालाई सफल बनाउन कुल १८ लाख रुपैयाँ खर्च लाग्ने जनाईएको छ । प्रतियोगितामा भारतलगायत कुल ३७२ खेलाडीको सहभागिता रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker