आचार्य बन्धु समाजद्वारा चितवन जिल्लाको भरतपुर महानगर समिति गठन, यमनाथ आचार्य अध्यक्ष

१६ चैत, रत्ननगर, चितवन ।

आचार्य बन्धु समाज नेपाल चितवनको भरतपुर महानगर समिति गठन भएको छ । भरतपुर महानगरपालिका वडा नं ७ को कृष्णपुर (बुद्ध चोक) मा कौडिण्य गोत्रीय आचार्यहरुको एक भेलाले वंशावली निर्माणलगायतका कार्य गर्न सहज हुने उद्देश्यले भेला गरिएको बताईएको छ ।

भेलाले ८७ बर्षिय जेष्ठ सदस्य बिष्णु प्रसाद आचार्यको अध्यक्षतामा छलफल गरी आचार्य बन्धु समाज नेपालको भरतपुर महानगर समिति गठन गरिएको हो । भेलाले यमनाथ आचार्य सहितको पाँच सदस्यीय समिति गठन गरिएको हो । गणेश आचार्य, तारापति आचार्य, लक्षमण आचार्य र खडानन्द आचार्य सदस्यमा चयन भएका हुन् ।

बैठकमा आचार्य बन्धु समाज नेपाल चितवनका अध्यक्ष शंकर प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा उक्त भेलाले आवश्यकता अनुसार कार्यसमिति थप गर्नेगरी महानगर समिति गठन गरेको हो ।
चितवन जिल्ला अध्यक्ष शंकर आचार्यले चैत महिनाभित्र चितवनका सबै स्थानीय तहमा आचार्य बन्धु समाज नेपालका स्थानीय समित गठन गरिने बताए ।

 

 

उक्त भेलामा खैरहनीका प्रतिष्ठित समाजसेवी भगवान आचार्यको पनि उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker