इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि भारतको कोलकातालाई

चितवन, चैत्र १७–
चितवनको भरतपुरमा सम्पन्न इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोलि तालतला इन्स्टिटाइट कोलकाताले जितेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा मधेस प्रदेशमाथी ३ रनको रोमाञ्चक जित हातपार्दै कोलकाताले उपाधी जितेको हो ।
कोलकाताले जितका लागि दिएको १८९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ८ विकेटको क्षतीमा १८५ रन मात्र बनाउन सकेपछि कोलकाता ३ रनले विजयी हुन पुग्यो । मधेशलाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । क्रिजमा रहेका थिए अभिषेक तिवारी । अन्तिभ ओभरको पहिलो बलमा तिवारीले कुनै रन जोड्न सकेनन् । दोस्रो बलमा पनि तिवारीले कुनै रन लिएनन् भने तेस्रो र चौथो बलमा छक्का, पाचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरे । तिवारीले अविजित ४९ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । विशाल सुसलिङ २२ बलमा ५० रनको अर्धशतकिय पारी खेले । उनले ६ छक्का प्रहार गरे । शाहिल पटेलले २९ बलमा ३६ रन बनाए ।
कोलकाताका लागि सन्दीप गुप्ता ४ ओभरमा ३९ रन खर्चिदै ३ विकेट लिए भने सौरभ यादव र अभिषेक सिंहले समान २ विकेट लिए । विजय यादवको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता विकास चौधरीको अर्धशतकिय पारीमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । विकासले ३७ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६७ रन बनाए । सन्दीप गुप्ताले २८ बलमा ३९ रन बनाए भने रमन कदयनले २९ रन बनाए ।
मधेस प्रदेशका लागि अभिषेक तिवारीले ४ ओभरमा २८ रन खर्चिदै ४ विकेट लिए । विशाल पटेल, प्रजिभ यादव, भुलन सहनी र प्रदीप पासवानले समान एक–एक विकेट लिए ।
फाइनल खेलमा कोलकाताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए । विजेता र उपविजेता टिमलाई समापन समारोहकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले ट्रफी र मेडल वितरण गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker