चितवनमा शारीरिक सुगठन प्रतियोगिता हुने

रत्ननगर, चैत २६ । 

चितवनमा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले शारीरिक र मानसिक तन्दुरुस्तको आवश्यकता र महत्व बुझाउन आगामी असोज ११ र १२ गते प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भरतपुर भ्रमण बर्ष २०२४ समेतलाई टेवा पुऱ्याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संघको तदर्थ समितिका उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको बिषयमा यही चैत ३० गते शुक्रवार बिहान ८ बजे, पाते ढिंडो भरतपुर सप्तगण्डकी चोकमा पत्रकार सम्मेलनको आयोजना गरी विस्तृत जानकारी दिने श्रेष्ठले बताए । संघको सोमबार बसेको बैठकले तदर्थ समितिलाई आगामी बैठक बाट पूर्णता दिने निर्णय समेत भएको छ ।

संघले यसअघी ९ सदस्यीय तदर्थ समिति गठन गरि संघको केन्द्रिय कार्यालयमा पत्राचार गरिसकेको छ ।संघको तदर्थ समितिको अध्यक्षमा प्रकाश गुरुङ्ग, उपाध्यक्षमा इन्द्र बहादुर श्रेष्ठ, सचिवमा विर बहादुर राना, कोषाध्यक्षमा प्रविन कुमार सिंह रहेका छन् । समितिको सदस्यहरुमा एलिना सुनार, सुरज तामाङ्ग, अनिल कुमार श्रेष्ठ, लक्ष्मी गुरुङ्ग र संगिता गुरुङ्ग छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker