चितवनमा द राईजिङ राेयल्स वाइन लन्चिङ 

रत्ननगर । चितवनकाे रत्ननगरमा साेमबार द राईजिङ राेयल्स वाइन लन्चिङ गरिएकाे छ ।

युनाइटेड वाइनरी प्रा.लि. ललिलपुरले उत्पादन गरेकाे साे वाइन चितवनकाे रत्ननगरमा एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि साे वाइन लन्चिङ गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र कम्पनीका निर्देशक बालकृष्ण श्रेष्ठले सयुक्त रुपमा वाइनकाे लन्चिङ गरेका हुन ।

६ महिना अघि उत्पादन सुरु गरिएकाे साे वाइन चितवनकाे बजारमा तीन महिना अघि भित्रिएकाे हाे । सेताे र राताे कलरमा उपलब्ध रहेकाे साे वाइन गुलियाे स्वादमा रहेकाे कम्पनीका निर्देशक श्रेष्ठले बताए । फ्रेस अंगुरबाट बनेकाे साे वाइनका लागि तयार गरिएकाे अल्काेहल निर्माणमा स्प्रिट प्रयाेग नगरिएकाे उनले बताए ।

मानव स्वास्थ्यप्रति जिम्मेवार भएर वाइन उत्पादन गरेका छाैं निर्देशक श्रेष्ठले भने वाइनका पारखीहरुले ढुक्क भएर आवश्यकता अनुसार उपभाेग गर्न सक्नु हुनेछ । उक्त वाइनले शरिरमा साइड इफेक्ट नहुने भन्दै श्रेष्ठले वाइनले अनुहारमा चमक ल्याउने बताए । उपभाेग अबधि नसकिनेगरी उत्पादनलाई जाेड दिइएकाे साे वाइनकाे उपभाेक्ता मूल्य ९९५ रहेकाे छ ।

चार प्रकारका अंगुरबाट बनाइएकाे वाइमा कुनै पनि रंग प्रयाेग गरिएकाे छैन् । अन्तराष्ट्रिय स्तरकाे कम्पनीबाट उत्पादन गरेकाे साे वाइनले छ महिना भित्रै उपभाेक्ताकाे मन जित्न सफल भएकाे कम्पनीका नारायणी लुम्विनी एरिया सेल्स म्यानेजर  राजेन्द्र न्याैपानेले बताए ।

कार्यक्रम वडा नं १० का वडा सदस्य सुदन भण्डारी, पूर्वी चितवन मदिरा व्यवसायी संघका अध्यक्ष मनिष अधिकारी, पूर्वी चितवन वितरक संघका अध्यक्ष बद्रि आचार्य, नेपाल बजार विक्री प्रतिनिधि संघका केन्द्रीय महासचिव रमेश नेपाल, नारायणी इकाइ अध्यक्ष छन्दराज अर्याल, रत्ननगर उवासंघका उपाध्यक्ष राममणि थपलिया लगायतकाे उपस्थिति रहेकाे थियाे । कन्चनजंगा ट्रेडर्सका सञ्चलक सुजिब विष्टकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker