बाल क्यान्सर पीडितहरुलाई रोयल राइनो राइडर्सको तर्फबाट नयाँ बर्षमा ब्लिसफुल बन्डल उपहार   

रोयल राइनो राइडर्स चितवन मोटरसाइकल क्लब (Royal Rhino Riders Chitwan MC) ले नयाँ वर्ष २०८१ को अवसरमा ब्लिसफुल बन्डल(Blissful Bundle) कार्यक्रम आयोजना गरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बाल क्यान्सर रोग विभागमा क्यान्सर पीडित बालबालिकाहरुलाई विभिन्न स्टेसनरी, खेलकुद तथा मनोरञजनात्मक सामाग्री बितरण गरेका छन् ।

कार्यक्रमको संयोजक रोयल राइनो राइडर्स क्लबका सदस्य राइनो डा. शशांक कुमार सिंहले “हाम्रो क्लबको मूल उदेश्य सामाजमा बिभिन्न संवेदनशील बिषयमा जनचेतना फैलाउनुको साथै समाजमा आवस्यक ठाउँहरूमा पुगेर आफूहरुले सक्दो सहयोग गर्ने रहेको र यस अन्तर्गत आफूहरुले बिगतमा पनि विभिन्न कार्यक्रमहरु गरिरहेको जस्तै हरेक वर्ष पुरुषहरुको मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सरको बारेमा जनचेतना फैलाउने डिस्टिनगुइस्ड जेन्टलमेन राइड (Distinguished Gentlemen Ride), सडक सुरक्षाको सचेतना र विभिन्न च्यारिटी राइडहरु गर्ने गरेका छौँ भने यो नयाँ बर्षमा २०८१ को अवसरमा ब्लिसफुल बन्डल कार्यक्रम आयोजना गरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बाल क्यान्सर रोग विभागमा क्यान्सर पीडित बालबालिकाहरुको मानसिक र शारीरिक विकासमा टेवा पुर्याउने लक्ष्यले स्टेसनरी, खेलकुद तथा मनोरञजनात्मक सामाग्री बितरण गर्दै उनीहरूको कठिन पल हरुमा केही खुशी भर्ने सानो प्रयास गरेका छौँ “, भनेर जानकारी दिनुभयो।

कार्यक्रममा रोयल राइनो राइडर्सका अध्यक्ष राइनो प्रितम श्रेष्ठले स्टेसनरी, खेलकुद तथा मनोरञजनात्मक सामाग्रीहरु अस्पतालका बाल क्यान्सर रोग विभागिय प्रमुख तथा बाल क्यान्सर रोग विषेशज्ञ डा. कृष्ण सागर शर्मालाई हस्तान्तरण गर्दै यस्ता कार्यक्रमहरुलाई क्लबले भविष्यमा पनि निरन्तरता दिने र बाल क्यान्सर रोग पीडित बालबालिकाहरुलाई सहयोग गर्ने थप अन्य कार्यक्रमहरु पनि आयोजना गर्ने बताउनु भयो र शिवशक्ति बालमैत्रि शैक्षिक सामाग्री बिक्री केन्द्र र दिलमाया पुस्तक पसलले पनि हामीलाई सामाग्री जुटाउन सहयोग र सहज गरिदिनु भएको धन्यवाद ज्ञापन गर्नु भएको थियो।

उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष मन्दिप मान श्रेष्ठ, कोषाध्यक्ष शुभम् लामा लगायत क्लबका अधिकांश सदयहरु, डा. सुशील कुमार सिंह, डा. प्रतिमा घिमिरे सिंह र बाल क्यान्सर रोग विभागमा कार्यरत नर्सहरूको पनि उपस्थिति रहेको थियो।

सो कार्यक्रममा डा. कृष्ण सागर शर्माले बाल क्यान्सरको प्रारम्भिक लक्ष्यण, किसिम र उपचार पद्धति र सो सँग सम्बन्धित समस्याहरूको बारेमा क्लबका सदस्यहरूलाई जानकारी गराउनु भएको थियो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker