एमाले खैरहनी वडा नं ६ वडा कमिटीकाे अध्यक्षमा खरेल निर्वाचित

खैरहनी । नेकपा एमाले खैरहनी वडा नं ६ वडा कमिटीकाे अध्यक्षमा रक्की खरेल निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्धन्दी भुवन पाठकलाई २६ मतान्तरले पराजित गरि खरेल वडा कमिटीकाे अध्यक्षमा निर्वाचित भएका हुन् । वडा कमिटी अध्यक्ष पदका लागि खरेल, पाठक र मनाेज खड्की प्रतिस्पर्धामा थिए। खड्कीले खरेललाई समर्थन गरेकाे भएपनि उम्मेदवारी कायम थियाे । खसेकाे १०४ मत मध्ये खरेल ६३ मत प्राप्त गरि विजयी भएकाे निर्वाचन कमिटीका संयाेजक कुलप्रसाद भूषालले जानकारी दिए । खरेलका निकटतम प्रतिद्धन्दी पाठकले ३७ र खड्कीले ४ मत प्राप्त गरेका थियाे । जनता संग एमाले अभियान अन्तर्गत वडाकाे नेतृत्व चयनका लागि निर्वाचन भएकाे हाे । नब निर्वाचित अध्यक्ष खरेलले लाेकतन्त्रकाे सुन्दर अभ्यासकाे रुपमा आन्तरिक निर्वाचन गरिएकाे भन्दै पार्टी निर्माणमा सबैसंग हातेमालाे गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले प्रतिस्पर्धामा रहेका अन्य साथीहरुलाई संगसंगै लिएर आन्तरिक एकता, पार्टी निर्माण र संगठन,सुदृढिकरणमा अगाडि बढ्ने बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker