नेपाली कांग्रेस चितवनको नयाँँ बर्ष शुभकामना आदानप्रदान क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न

सबै दलको अभिभावक नेपाली कांग्रेसनै हो : जीवन परियार, सह-महामन्त्री

आशिष अधिकारी
बैशाख २,भरतपुर

नेपाली काङ्ग्रेसका सह महामन्त्री जीवन परियारले नेपाली काङ्ग्रेस राजनीति दलहरुको साझा अभिभावक भएको टिप्पणी गर्नुभएको छ । देशमा जति पनि राजनीतिक दलहरु रहेका छन् ती सबैको अभिभावक कोहि छ भने त्यो नेपाली काङ्ग्रेस नै हो । नेपाली काङ्ग्रेस चितवनले आइतबार भरतपुरमा आयोजना गरेको नयाँ बर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सह महामन्त्री परियारले काङ्ग्रेसको आड र भरोसाको अपेक्षा अन्य सबै राजनीति दलहरुले खोजिरहेको पनि प्रष्ट पार्नुभयो । काङ्ग्रेस माथी आमनागरिकले देखाएको बिश्वासलाई हामी कदापि मर्न दिदैनौ सह महामन्त्री परियारले भन्नुभयो,न्याय नपाए गोर्खा जानू भने जस्तै अभिभावक नभए काङ्ग्रेसले सबैलाई अभिभाकत्व प्रदान गर्नेछ ।

फरक प्रसङ्गमा उनले बर्तमान सरकारले देशको अर्थतन्त्र धराशायी बनाएको आरोप लगाए । नेपाली काङ्ग्रेसले केही सबल बनाएको अर्थतन्त्रलाइ कम्युनिष्ट सरकारले चकनाचुर बनाएको उनको आरोप थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो बिमोचन पनि गरिएको छ ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले कार्यक्रमको बिषय वस्तु माथी प्रकाश पार्नुभएको थियोे ।


कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ,दिनेश कोइराला,बागमती प्रदेशका पुर्व स्वास्थ्यमन्त्री उत्तम जोशी,बागमती प्रदेश कार्यसम्पादन समितिका सदस्य कैलाश कोइराला,नेपाल शिक्षक सघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा,भरतपुर महानगर सभापति चित्रसेन अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा बागमती प्रदेश सासद गिता गुरुङ, माया श्रेष्ठ, बिनु रायमाझी, जिल्लाका पुर्व सभापतिहरु,क्षेत्रिय सभापतिहरु,महासमिति सदस्यहरु
पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियोे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker