२९औं वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुई प्रतियोगिता

रत्ननगर । वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले सौराहामा दुई प्रतियोगिता गरिएको छ । चितवनमा जारी वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकला र बक्तृत्वकला प्रतियोगिता गरिएको हो । मृगकुञ्ज उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान उपसमितिले आयोजना गरेको सो प्रतियोगिताको साहित्यकार धनराज गिरीले गरेका थिए । चित्रकला प्रतियोगितामा न्यू स्पीडि इङ्लिस बोडिङ स्कुलकी प्राश्ना महतो प्रथम, लाइसीयम बोडिङ स्कुलकी बन्दना राना द्धितिय, बैरिया माविकी सविना खातुन तृतीय र एन्जलर्स आमाविका निरज मुखिया र बकुलहर माविका पुसन गिरी सान्त्वना भएका छन् । बक्तृत्वकला प्रतियोगितामा ग्रिनसोसाईटी पब्लिक स्कुलकी सायोना भूषाल प्रथम, नेपाल माविकी सर्वज्ञा पौडेल द्धितीय, पञ्चकन्या विद्या मन्दिरकी सम्या रिजाल तृतीय र बैरिया माविकी अदितीआचार्य र एन्जलर्स वर्ड आमाविका हेमन्त पौडेल सान्त्वनाले स्थान हासिल गरेका छन् । चित्रकला प्रतियोगिताको निर्णायकमा ऋषिराम सुवेदी र पुष्पराज मरहठ्ठा, बक्तृत्वकला प्रतियोगिताको निर्णायकमा धनराज गिरी र शिवप्रसाद भूषाल रहेका थिए । चित्रकलामा प्रथम हुनेलाई पाँच हजार, द्धितृय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार र सान्त्वना हुने दुईजनालाई एक एक हजार तथा बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना हुने दुई जनालाई दुईदुई हजार प्रदान गरिएको छ । उद्घाटन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सप्ताहको महत्वपूर्ण कार्यक्रमको रुपमा विद्यालय स्तरीय प्रतियोगिता गरिएको बताए । उनले वन तथा वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा पु(याउने उद्देश्यले प्रतियोगिता गरिएको बताए । सप्ताह अन्तर्गत भोली बुधबार राप्ती नदी सरसफाई र डुंगा सयर कार्यक्रम रहेको बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले सञ्चालन गरेको कार्यक्रममा रिभर च्याम्पियन उषा महतोले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टिकाराम गिरी, टिकौली वनका कार्यबहाक अध्यक्ष टिकाराम आचार्य, जनकौली वनका सहसचिव फडिन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । चित्रकलाको सहमति संस्था, डेनिडा र डब्लुडब्लुएफ सहयोगी संस्था रहेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker