रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता अभियान अन्तर्गत चर्चा एवं जागरुकता सम्बधी अन्तरक्रिया कार्यक्रम गरेको हो ।

वाल अधिकार संवाहकको समन्वयमा आयोजना गरिएको कार्यक्रममा रत्ननगरका जनप्रतिनिधि र वालवालिकाको क्षेत्रमा काम गर्ने कर्मचारी बीच वालअधिकार सम्बन्धमा चर्चा र योजना कार्यान्यनको लागि गर्नुपर्ने कामहरुको बारेमा अन्तर्गक्रिया गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् । कार्यक्रममा पाँच जना बाल अधिकार संवाहकहरुले वाल अधिकार, वालयौन सिंसा, वाल विवहा सम्बन्धी कानुन, न्यूनीकरणका लागि पालिका देखि राष्ट्रिय स्तरमा भएका प्रयासहरुको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा वालबालिकाहरुलाई लक्षित गरी साइबर सुरक्षा र जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाको बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा बाल अधिकार संवाहकहरु निशा मगरले बालमैत्री स्थानीय शासनका सुचकहरु तथा बाल बिवाह न्यूनीकरण, पूर्णिमा कायस्थले महिनावारी स्वस्थता र साइबर सुरक्षा, सुजन कोइरालाले कार्यक्रम सञ्चालन साथै बालबालिका तथा मानव बेचबिखन, शास्वत गौतमले लैंगिक हिंसा, अनिल लामिछानेले दस्तावेजीकरण तथा अभिलेखिकरणका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगर बालमैत्री घोषणा भएको नगर रहेको भन्दै त्यसको निरन्तरताको लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए ।

घोषणा गर्दा तयार गरिएको आचारसंहिता कार्यान्वय र सुचक अनुसार योजनाबद्ध रुपमा कार्यहरु सञ्चालन भइरहेको उनको भनाई छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका स सदस्य तथा नगर सदस्यहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रम अन्तर्गत शनिबार बालबालिकाहरुबीच अन्तरक्रिया गरी उनीहरुको समस्या बुझ्ने काम गरिएको थियो । बालबालिकाहरुबाट व्यक्त भएका विषयहरुलाई जनप्रतिनिधि र कर्मचारीको बीचमा राखेर उनीहरुको समस्या सामधानको लागि अन्तरक्रिया कार्यक्रम गरिएको रत्ननगरकी बालअधिकार संवाहक निशा मगरले जानकारी दिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker