नमस्ते ईन्भेष्टमेन्टको दोस्रो साधारण सभा सम्पन्न पर्यटन क्षेत्र लगायत विविध क्षेत्रमा लगानी गर्दै नमस्ते इन्भेष्टमेण्ट

चितवन । चितवनका ३० जना उद्योगी व्यवसायीको साझा संस्था न्यू होप नमस्ते ईन्भेष्टमेण्ट प्रालिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भरतपुर–२९, चौकीडांँडामा सम्पन्न साधारण सभाले आगामी भावी कार्ययोजना समेत तय गरेको छ । कम्पनीका अध्यक्ष दिपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०८१, ०८२मा स्वदेशमै संभावना भएका व्यवसायिक क्षेत्रमा लगानी गर्ने जानकारी दिएको छ ।


आगामी बर्ष कम्पनीले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले अघिल्लोबर्ष रियल स्टेटमा लगानी गर्यौं ।अब हामीले पर्यटन क्षेत्रमा लगानी गर्न सौराहामा होटल खोल्ने तयारीमा छौं , अध्यक्ष श्रेष्ठले भने, देशकै तेस्रो गन्तव्य सौराहामा संभावना र अवसर दुबै छ। अहिलेको आर्थिक मन्दीमा पनि पर्यटन व्यवसाय सन्तोषजनकनै देखिन्छ ।’
कम्पनीले शेयर सदस्यहरुको सल्लाह र सुझाव अनुसार आगामी दिनमा चितवन बाहिर पनि विभिन्न उद्योग व्यवसाय क्षेत्रमा लगानी गर्दै जाने श्रेष्ठको भनाई छ । सो अवसरमा बोल्दै कम्पनीका सल्लाहकार दिपेश कुमार श्रेष्ठले संकट र चुनौतिका बीच पनि अवसर र संभावना हुने बताए । उनले देशको अवस्था र उपभोग ,वितरणको अवस्था हेरेर लगानी गर्दै जानुपर्नेमा जोड दिए ।
अर्का सल्लाहाकार रुवीन रामुदामुले कम्पनीले उत्पादन रोजगारीलाई जोड्दै लगानीलार्ई विस्तार गर्दै जानु पर्ने बताए । ‘हामी सबैको आ आफ्नो उद्योग व्यवसाय छ उनले भने, ग्रुपमा काम गर्दा नोक्सान पनि कम हुन्छ, लाभ हुंँदा पनि सबैलाई शेयर हुन्छ । ’
अर्का सल्लाहाकार मनोज रानाभाटले यो समयमा पुंँजीलाई बढीभन्दा बढी चलायमान गराउनु पर्ने बताए । ‘पुंँजीलाई अवसर र संभावना हेरेर, लगानी गर्दै लग्नुपर्छ, जसले पूजीलाई चलायमान पनि बनाउंँछ र अन्य क्षेत्रमा पनि अनुभव पनि हुंँदै जानेछ ।’ रानाभाटले भने ।
कम्पनीका अन्य सदस्यहरुले देशको आर्थिक अवस्थालाई हेरेर कम्पनीको पूंँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
साधारणसभामा कम्पनीका सचिव भुपेन्द्र कर्माचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने अध्यक्ष श्रेष्ठले कम्पनीको बार्षिक प्रतिवेदनका साथै भावी योजनाको बारेमा प्रकाश पारेका थिए ।
कम्पनीले अघिल्ला बर्षहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाकालमा राहत वितरण, रक्तदान कार्यक्रम गरेको छ । आगामी दिनमा पनि स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण र आश्रमहरुमा खाद्यान्न वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अटोमोबाईल,पोल्ट्री, कृषि, भेटेरीनरी, सहकारी, सुनचांँदी व्यवसायी, मोबाइल लगायत पेशागत सेवामा आवद्ध डाक्टर, प्राध्यापक, वकिल पेशामा आवद्ध ३० जना युवा व्यवसायीको संयुक्त लगानीमा विगत चार बर्ष अगाडी नमस्ते ग्रुप स्थापना भएको थियो । दुईबर्ष अघि कम्पनीको नाम परिवर्तन गरी न्यू होप नमस्ते इन्भेष्टमेण्टको नामबाट विभिन्न क्षेत्रमा लगानी गर्ने उद्धेश्यका साथ सञ्चालन हुंँदै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker