रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाको पत्रचार

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएको छ ।

कार्यपालिकाको बैशाख ९ गतेको निर्णय र नगर शिक्षा ऐन २०७४ संशोधन सहितको दफा १६ को उपदफा ५ बमोजिम संस्थागत विद्यालयहरुले भर्ना शुल्क नलिन नगरपालिकाले नगर भित्रका संस्थागत विद्यालयलाई पत्रचार गरेको हो ।

कुनै कक्षामा भर्ना शुल्क लिई सकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि शुल्क लिन नपाउने एनमा उल्लेख रहेका र उक्त ऐन पूर्णरुपमा लागू गराउन लागिएको नगर प्रमुख प्रलाद सापकोटाले बताए ।

नगर शिक्षा ऐन २०७४ र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ को दफा १४।१९२० ले समेत कक्षाको मासिक शुल्कको १ महिनाको शुल्क बराबर हुनेगरी १ पटक मात्र भर्ना शुल्क लिने व्यवस्था गरेकोमा विद्यालयमा १ पटक भर्ना शुल्क तिरी भर्ना भएको विद्यार्थीलाई पुनः सोही विद्यालयमा भर्ना हुँदा शुल्क लिन नपाईने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले वताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker