रेहान मिया निर्देशित म्युजिक भिडियो ‘यो जिबन के छर तिमी बिना’ सार्वजनिक ।

‘तारा म्युजिक क्रियसन’ को अफिसियल युट्युब च्यानल मार्फत २५ अप्रिल अर्थात बैशाख १३ गते बिहीबार ‘यो जिबन के छर तिमी बिना’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतका गायक सुरेश लामा हुन् भने गीतकार र संगीतकार अम्तोस तमाङ हुन् । गीतको म्युजिक एरेन्ज, मिक्स र मास्टरिङ्ग सजन शाहले गरेका हुन् । गीत सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोमा मुख्य गरी सुनिल सुन्दास र रेनुका मगरको अभिनय रहेको छ भने रेहान मिया, श्वेता श्रेष्ठ र सम्झना न्यौपानेले पनि म्युजिक भिडियोमा अभिनयमा मुख्य मोडलहरुलाई सघाएका छन् । म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक रेहान मियाले गरेका हुन् । भिडियो सम्पादन सुनिल सुन्दास, छायांकन रबी कोइराला र कलर करेक्सन रविन बिकले गरेका हुन् । भिडियो अवधारणा सुनिल सुन्दासको रहेको हो भने निर्माण तारा लिम्बु सोदेम्बा र सुनिल सुन्दासले गरेका हुन् । म्युजिक भिडियोको पोष्ट प्रोडक्सन एस एस स्टुडियोमा गरिएको हो ।
पोखरा र मुस्ताङको रमणिय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियो निक्कै अब्बल बनेको छ । ‘यो जिबन के छर तिमी बिना’ गीत आधुनिक भएपनि एकै पटकमा दर्शक श्रोताको मन जित्ने मोलोडी रहेको छ । यो समाचार तयार पार्दा सम्म युट्युबमा यो गीतले १८ हजार भन्दा बढी भ्युज पाइसकेको छ भने ३ सय पचास लाइक र ५५ कमेन्ट भैसकेको छ ।

म्युजिक भिडियोको लिंक :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker