रत्ननगर लायन्सको अध्यक्षमा अधिकारी चयन

रत्ननगर । लायन्स क्लब अफ रत्ननगरको अध्यक्षमा रस्किन अधिकारी चयन भएका छन् । क्लबको २६औँ स्थापना दिवस तथा वार्षिक साधारण सभाले वर्ष सन् २०२४/२५ का लागि अधिकारीलाई अध्यक्षमा चयन गरेको हो । क्लबको सचिवमा मोहनलाल श्रेष्ठ, कोषाध्यक्षमा कृति आचार्य चयन भएका छन् ।

कार्यक्रममा वर्ष सन् २०२३/२४ का अध्यक्ष होमप्रसाद भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग, स्वास्थ्य शिविर, रक्तदान, उपचारमा आर्थिक सहयोग, वृक्षरोपण, सेतो छडी वितरण, विपन्नलाई खानालगायतका कार्यक्रम गरेको बताए । आफूभन्दा कम भाग्यमानीलाई छनोट गरी उनीहरुको शिक्षा, स्वास्थ्यका लागि काम गरेको उनले बताए ।

लायन्स क्लबका मनोनीत जिल्ला सचिव नीरज श्रेष्ठ प्रमुखअतिथि रहेको सो कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा उत्कृष्ट काम गरेका एक दर्जन क्लबका सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ चिफहरु योगेन्द्रनाथ अधिकारी, दीपेन्द्र खतिवडा, पूर्वअध्यक्ष बुद्धराम जोशी, कार्यक्रम संयोजक शिवलाल पुरीलगायतले मन्तव्य राखेका थिए ।

क्लबका पूर्वअध्यक्ष दिनेश तामाङले सञ्चालन गरेको सो कार्यक्रममा पूर्वअध्यक्ष गोविन्दकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । निर्वाचन समितिका संयोजक ओमप्रकाश शाह कलवार रहेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker