हास्य टेलि शृङ्खला तिरिमिरी झ्याई सिजन दुई को प्रोमो सार्वजनिक

हास्य शृङ्खलाले दर्शकको मन जित्ने र भरपुर मनोरञ्जन प्रदान गर्नेमा निर्माण पक्ष ढुक्क !

हास्य टेलि शृङ्खला तिरिमिरी झ्याई सिजन दुई को प्रोमो आज सार्वजनिक गरिएको छ । पहिलो पाईला अनलाइन टिभि मार्फत सार्वजनिक गरिएको शिर्ष गीत को शब्द मुक्त उदासले लेखेका हुन् भने अहिलेका चर्चित सङ्गितकार अर्जुन पोख्रेलले संगीत भरेका हुन् । स्वर आबाजका दुनियाँका किङ्ग राजेश पायल राइको रहेको छ ।
टेलिशृङ्खला लेखन निर्देशन संकल्प लामिछाने ले गरेका हुन् भने छायांकन तथा सम्पादन आभास राना र रेहान मिया ले गरेका हुन् । शृङ्खला हरेक शुक्रबार पहिलो पाइला अनलाइन टिभी युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ ।
देश मा भएको समसामयिक सामाजिक, राजनैतिक लगायतका बिषयबस्तुलाई समेटेर व्यंग र हास्यको समिश्रण सहित देखाउने उद्देश्यले निर्मित यो सिरियल चितवन आसपासका रमणीय स्थानहरुमा सुटिङ हुँदै आएको निर्देशक लामिछानेले जानकारी दिएका छन् । बि सं २०७४ मा पहिलो सिजन प्रसारण भएको अहिले सिरियलको यो दोस्रो सिजन सार्वजनिक हुन लागेको हो ।
सामाजिक एवं राजनैतिक व्यंगमा आधारित हुने यो हास्य शृङ्खला पहिलो सिजन जस्तै दर्शकको मन जित्ने र भरपुर मनोरञ्जन प्रदान गर्ने बिषयमा निर्माता लामिछाने ढुक्क छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker