भोली चितवनमा ‘राइटपाथ’ले एजुकेसन कन्क्लेभ गर्दै

रत्ननगर , जेठ ३।

शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङ चितवनले भोली जेठ ४ गते ग्रान्ड एजुकेसन कन्क्लेभ गर्ने भएको छ । उक्त कन्क्लेभ राइटपाथको लायन्सचोकस्थित आफ्नै कार्यालयमा हुने बताइएको छ ।

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर, फिल्मको निःशुल्क टिकट र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रबन्ध निर्देशक सुरज पौडेलले जानकारी दिए । अमेरिका, क्यानडा, युके र अस्ट्रेलियालगायतका विभिन्न विश्वविद्यालयहरुको आकर्षक छात्रवृत्तिको व्यवस्थाका साथै छ हजार रूपैयाँ लाग्ने आइएलटिएस परीक्षा दुई हजार ८१ रूपैयाँमै गरिने उनले बताए ।

कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीहरुले एउटै छानामुनि भेट्न पाउने छन् । युनिभर्सिटीका प्रतिनिधिबाटै विद्यार्थीले चाहेजति जानकारी लिन पाउने भएकाले कन्क्लेभको आयोजना गरिएको उनी बताउँछन् । यस कार्यक्रमले विद्यार्थीको रिसर्चमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

विद्यार्थीलाई परीक्षाको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यले पनि कन्क्लेभ आयोजना गर्न लागिएको उनले जानकारी दिए । उक्त कन्क्लेभमा राइटपाथकी ब्रान्ड एम्बेस्डर मिस नेपाल–२०१६ की अस्मी श्रेष्ठ र गायिका अञ्जु पन्तसमेत सहभागी हुने पौडेलले बताए ।

कार्यक्रममा विद्यार्थी र अभिभावकहरुले उनीहरुसँग भलाकुसारी पनि गर्न पाउने छन् । राइटपाथको एजुकेसन कन्क्लेभ बिहीबार हेटौँडटामा हुँदैछ । यसअघि वैशाख २९ गते काठमाडौंँबाट सुरू भएको कन्क्लेभ धनकुटामा पनि सम्पन्न भइसकेको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker