कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फोर्ब्स कलेजले निशुल्क तालिम दिने

चितवन । चितवनको फोर्ब्स कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फ्रि ट्रेनिङ क्याम्प (निशुल्क तालिम शिविर) सञ्चालन गर्ने भएको छ । स्नातक तहमा आईटी र होटल म्यानेजमेन्ट पढ्न रुची भएका विद्यार्थीहरुका लागि कलेजले निःशुल्क ट्रेनिङ क्याम्प सञ्चालन गर्न लागेको कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी दिनुभयो ।

आउदो जेठ १३ गतेबाट सुरु हुने फ्रि ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनका लागि विद्यार्थीहरुले कलेजले आफ्नो वेबसाइट र आधिकारीक पेजमा राखेको क्यूआर कोडलाई स्क्यान गरि अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । प्राचार्य पाठकले आवेदन दिने ५० जना विद्यार्थीहरुका लागि जेठ १३ गतेदेखि असार १५ गतेसम्म एक महिनाको अवधिका लागि फ्रि ट्रेनिङ क्याम्प सञ्चालन हुने बताउनुभयो ।

फोर्ब्स कलेजका अनुभवी र तालिम प्राप्त प्राध्यापकहरुले विद्यार्थीहरुलाई आइटी र होटल म्यानेजमेन्ट विषयका विविध पाटोका बारेमा अध्यापन गराउने कलेजले बताएको छ । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा अवस्थित फोर्ब्स कलेजले गतवर्ष आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको थियो ।

युके इन्टरनेशल सर्टिफिकेशन लिमिटेडले फोर्ब्सलाई आइएसओ मान्यता प्रदान गरेको हो । विभिन्न डेढ दर्जन सूचकहरु पुरा गर्दै कलेजले आइएसओ मान्यता प्राप्त गर्न सफल भएको हो । यस फोर्ब्स कलेजमा ब्याचलर अफ होटल म्याजेजमेन्ट र ब्याचलर अफ कम्प्युटर साईन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी) मा पढाई हुदै आएको छ ।
यो कलेज राजधानी बाहिर साइबर सेक्युरिटी पढाइहुने एकमात्र कलेज हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker