जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत  

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी उत्कृष्ट कारोबार गर्ने सदस्य तथा केन्द्रहरुलाई पुरस्कृत गरेको हो ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा पाँच वटा केन्द्र सहित दुई जना उत्कृष्ट बचतकर्ता, ३ जना उत्कृष्ट ऋणि, २ जना उत्कृष्ट उद्यमी र ३ जना अधिकृत टेलर्स सदस्यहरुलाई पुरस्कृत गरिएको राप्ती शाखा प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । कार्यक्रममा पाँच परिवारका ९ जना विद्यार्थीहरुलाई एक बर्षको छात्रावृती सहित शैक्षिक सहयोग हस्तान्तरण समेत गरिएको छ । दुई बर्ष अघि राप्तीमा शाखा स्थापना गरी सेवा सुरु गरेको सो संस्थामा राप्ती र खैरहनी नगरपालिका तथा मनहरी र राक्सिराङ गाउँपालिकाका ९४६ जना सदस्य रहेको शाखा प्रमुख अघिकारीले जानकारी दिए ।

७२ वटा केन्द्र रहेको सो संस्थाले वित्तीय, डिजिटल र सामाजिक सेवा प्रदान गर्दै आएको उनले बताए । कार्यक्रममा वित्तीय साक्षरताका विषयमा प्रशिक्षण दिँदै केन्द्रीय कार्यालयका विभागीय प्रमुख कुमोद कुमार मण्डलले ऋण लगानी र बचत संकलनलाई सदस्यहरुको हितमा राखेर व्यवस्थित गरिएको बताए । २४ जिल्लामा १६० वटा शाखा रहेको सो संस्थामा हाल सम्म ३ लाख २५ हजार सदस्य र १ लाख ९६ हजार सदस्यलाई ऋण लगानी गरिएको मण्डलले जानकारी दिए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी गरिवी निवारण र विपन्न समुदायको जीवन स्तर उकास्न ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गरिएको बताए । उनले मुनाफा भन्दा पनि गरिव तथा विपन्न बर्गलाई हितमा राखेर ऋण लगानी र बचत संकलनमा जोड दिएको बताए ।

संस्थाका चितवन जिल्ला इन्चार्ज सुजन कुमार मण्डलले सञ्चालन गरेको उक्त कार्यक्रममा राप्ती नगरपालिका वडा नं १० का वडाध्यक्ष तेजबहादुर तामाङ, राप्ती ६ का वडासदस्य राजकुमार तामाङ, वडा नं ११ का वडा सदस्य मरिचमान तामाङ, केन्द्र प्रमुख देवकी सिलवाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम राप्ती शाखा प्रमुख अधिकारीको अध्यक्षतामा भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker