चितवनमा अत्यधुनिक सुविधा सहित साध्वी इन्टरनेशनलले ल्यायो सुजुकीको नयाँ शोरुम

चितवन । सुजुकी गाडीका उत्पादन बिक्रीका लागि भरतपुरमा नयांँ शोरुम सञ्चालनमा आएको छ । सिजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सिजी मोटोकपले चितवनको लागि साध्वी ईन्टरनेशलले सुजुकीको आधिकारिक डिलर सञ्चालनमा ल्याएको हो ।

आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा नम्बर १० अध्यक्ष परमेश्वर खनाल र सिजी मोटोकर्पका निर्देशक सिरज पन्तले गरेका हुन् । सो अवसरमा बोल्दै निर्देशक पन्तले ग्राहकको आवश्यकता र माग अनुसार भरतपुरमा शोरुम सञ्चालनमा ल्याइएको बताए । पछिल्लो समय सुजुका सबै मोडलका गाडीहरुले ग्राहकको मन जितेको बताउंँदै उनले चितवन तथा यसका वरपरका जिल्लालाई लक्षित गरी सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याईएको बताए । वडा अध्यक्ष खनालले सुजुकी गाडी नेपालको माटो सुहाउंँदो र सबै वर्गलाई लक्षित गरी बनाईएको बताउंँदै शोरुम सञ्चालन संँगै ग्राहकको मन जित्ने बताए ।

साध्वी इन्टरनेशनलका महाप्रबन्धक सुरज जोशीले सुजुकीको आधिकारिक डिलर मार्फत कम्पनीले एउटै छानामुनी सबै सेवा उपलब्ध गर्नेगरी सुविधाजनक शोरुम सञ्चालनमा ल्याईएको जानकारी दिए । उनका अनुसार थ्री एस मोडेलको सुजुकीको अन्तरराष्ट्रिय मापदण्ड अनुसारको संरचनामा शोरुम बनेको र यहांँ सुजुकीको गाडी बिक्री गर्नुका साथै सर्भिस सेन्टर तथा स्पेयर पार्टसको पनि सुविधा दिइने छ । ’

सुजुकीका कारहरुमा पाइने विश्वसनियता, दक्षता र उच्च परफरमेन्सका लागि परिचित सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बन्न सफल भएको छ , जोशीले भने, हामीले आफ्नो शोरुमबाट ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

शोरुममा टेष्ट राईड, एक्स्चेञ्ज, फाइनान्सका सुविधाका साथै शोरुम उद्धघाटनको अवसरमा सेल्स, सर्भिसमा आकर्षक सुविधा दिइने साध्वी इन्टरनेशनलका निर्देशक कैलाश घिमिरेले जानकारी दिए । कम्पनीले जानकारी दिएको छ । कम्पनीले सुजुकीका जिम्नी, ग्रयाण्ड भितारा, ईरटिगा, ब्रिजा, फ्रन्क्स, स्वीफ्ट, सेलेरियो, वागन आर, इकोन भ्यान एण्ड कार्गो मोडलका गाडीहरु बिक्री गर्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker