नगरपालिकाकाे अनुदानमा मुनाल मौरीपालक कृषक समूहलाई माैरीजन्य सामाग्री हस्तान्तरण

रत्ननगर । रत्ननगर नगरपालिकाले माैरी पकेट विकास कार्यक्रम अन्तर्गत रत्ननगर ५ झुवानीमा रहेकाे मुनाल मौरीपालक कृषक समूहलाई ५०% अनुदानमा माैरीजन्य सामाग्री हस्तान्तरण गरेकाे छ ।

जस्मा मौरी आहार चिनी १२४ बोरा, सुपर २५८ वटा, मह राखने बाल्टी ६७० वटा र फिडर ३३० वटा वितरण गरिएको थियो ।

नगरपालिका अन्तर्गतको आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, कृषि शाखा प्रमुख प्रबिन लामाले मुनाल मौरी पालक कृषक समूहका अध्यक्ष इन्द्र प्रसाद रिमाललाई मौरीजन्य हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य राजेश महतो, चितवन जिल्ला किसान संघका सचिव राम प्रसाद सापकोटा लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker